बिमल लामिछाने

यस बर्ष पनि  फागुन १ गते जनयुद्ध दिवस मनाइएको छ । नेपालमा परिर्वतनका पक्षधरहरूले जनयुद्ध मनाइरहेका बेला विश्वले नेपाललाई फर्केर हेर्न बाध्य भएको छ । २०५२ साल फागुन १ गते नेकपा (माओवादी)को नेतृत्वमा देशलाई अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थाबाट मुक्त गरी नयाँ जनवाद हुँदै समाजवाद र साम्यवादको स्थापना गर्नका लागि जनयुद्धको थालनी गरिएको थियो ।

जनयुद्धले आज २२ वर्ष पूरा गरेको छ ।  विद्रोहले निरंकुशताका ढोका ढक्ढक्याउन सफल भएकै हो । जनयुद्ध नेपालको इतिहासमा सर्वाधिक ठूलो सशस्त्र आन्दोलन थियो, जसको लक्ष्य नयाँ जनवादी राज्यसत्ताको स्थापना थियो । सामन्तवाद, दलाल र नोकरशाही पुँजीवादका विरुद्धको यो सशस्त्र विद्रोह बन्दुकको नालबाटै जनताको राज्यसत्ता स्थापना गर्ने र साम्यवादी शासन व्यवस्थाको परिकल्पना गरेको थियो । २२ वर्षको अवधिमा संघर्षको रूप कसरी बदलियो, उपलब्धि के के भए, लक्ष्य पूरा हुन नसक्नुका कारणहरू के के छन् ? यी नै विषयहरूलाई संक्षेपमा हेरौं ।

जनयुद्धको तरङ्ग : दश वर्षसम्म भीषण रूपमा चलेको वर्गसंघर्षले सिङ्गो देशलाई नै तरङ्गित तुल्यायो । जनयुद्ध रणनीतिक रक्षा, सन्तुलन र प्रत्याक्रमण चरण हुँदै विकसित हुँदै पार्टी, जनसेना र संयुक्त मोर्चाका क्षेत्रमा गुणात्मक उपलब्धि हासिल गर्यो । देशव्यापी रूपमा ग्रामीण क्षेत्रमा आधार इलाका स्थापित भए । कार्यनीतिक रूपमा चुनबाङले तय गरेको राजनीतिक र फौजी कार्यनीतिलाई तत्कालीन नेतृत्वको टिमले विभाजनको बाटो नखोजी इमान्दारितापूर्वक कार्यान्वयन गर्न सकेको भए नेपालमा नयाँ ढंगबाट क्रान्ति सम्पन्न गर्न सकिने निश्चित थियो, तर त्यो हुन सकेन ।  समय परिवर्तनशील छ । गतिशील समयको पावन्दीसँगै समाज रूपान्तरणको प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ । यो मोडसम्म इतिहासलाई डोहोर्याउन हामीले धेरै क्षति पनि मोलेका छौँ र उपलब्धिहरू पनि हासिल गरेका छौँ ।

नेपाली जनयुद्ध विश्वसर्वहारावर्गका लागि पनि आकर्षण र गौरवको विषय बन्यो । परन्तु, पार्टीभित्र केही नेतृत्वमा दक्षिणपन्थी नवसंशोधनवादी विचलन पैदा हुनुको कारण महान् जनयुद्धले गम्भीर धक्का खायो । यो सत्य नेपाली वर्गीय क्रान्तिको इतिहासमा कदापि छिपाउन सकिन्न ।  शान्ति प्रक्रियाबाट अवतरण गर्ने छोटो समय अविस्मरणीय बन्न पुग्यो । यही अवतरणको प्रक्रियामा आएर सिङ्गो माओवादी आन्दोलनले पटक पटकको टुट्फुटका शृंखलाहरू पार गर्नुपर्ने बाद्यात्मक स्थितिको सामना गर्नुपर्यो । जनयुद्धको दौरानमा झण्डै चौध हजारभन्दा बढी योद्धाले सहादत प्राप्त गरे । कैयौँ योद्धाहरू राज्यद्वारा बेपत्ता पारिए र कयौँ योद्धाहरू घाइते अपाङ्ग भएर आज पनि तड्पी तड्पी रुँदै जिउनु परेको छ ।

समीक्षा गर्नुपर्ने विषय : जनयुद्धका दश वर्ष र शान्ति प्रक्रियाका पछिका वर्षहरूलाई आजका माओवादीले कसरी मूल्याङ्कन गर्ने ? वास्तवमा माओवादी आन्दोलनको विचलन र विघटन कहाँबाट सुरु भयो ? जनयुद्ध आरम्भदेखि चुनबाङसम्मको अवधिलाई कसरी समीक्षा गर्ने ? चुनबाङदेखि काठमाडौंसम्मको यात्रालाई कसरी विश्लेषण गर्ने ? शान्तिप्रक्रियामा आएदेखि  खरिपाटी र बबरमहल भेलासम्मको माओवादी आन्दोलनको विभाजन र नयाँ धुव्रीकरणलाई कसरी बुझ्ने ?  विचार मन्थनले विभाजनको रूप किन लियो, यसका पछाडि के थियो ? संविधान निर्माण प्रक्रियाप्रतिको संघर्ष र लचकता अनि सरकार प्रवेश र चुनावी माहोलपछिको तरंगलाई उपलब्धि नै उपलब्धीको नजरले हेर्न मिल्छ कि मिल्दैन ? यी प्रश्नको जवाफ आजका क्रान्तिकारी माओवादीले खोज्न जरुरी छ ।

धर्ती हल्लाउने छाल : वास्तवमा जनयुद्धका दश वर्ष माओवादी आन्दोलनको एउटा स्वर्णयुगभन्दा अतियुक्ति नहोला । किनभने दशवर्षे जनयुद्धले नेपालको सामन्तवादी संरचनालाई जरैदेखि हल्लाइदियो । सामन्तवादका जराहरू गाउँ–गाउँबाट काटिए । जनयुद्धले सशस्त्र छापामार टुकडीको निर्माण गर्दै दशौँ हजारको संख्यामा विशाल जनमुक्ति सेना निर्माण गर्यो । हजारौँ पूर्णकालीन कार्यकर्ता उत्पादन गर्यो । तिनै कार्यकर्ता र जनसेनाको बलमा गाउँ–गाउँबाट स्थानीय सत्ता निर्माण भए ।  शान्तिपूर्ण बाटोबाट केन्द्रीयसत्ता कब्जा गर्न आएपछि माओवादी उल्टै संशोधनवादका पक्षधरको कब्जामा पर्यो । जसका कारण सिङ्गो माओवादी आन्दोलनले ठुलो धक्का खानुपर्यो ।  स्थानीय सत्ताबाट जिल्ला जनसरकार हुँदै माओवादीले केन्द्रीय जनसरकारमा पटक–पटक पुग्यो । देशव्यापी रूपमा माओवादी आन्दोलनको फैलावट भयो, आफ्नै जनसेना, जनसत्ता, जनअदालत र जनकम्युनहरू स्थापना गर्नु कम्ति चानचुने कुरा थिएन । नेपाली धर्तीमा यति ठुलो सशस्त्र आन्दोलन कहिल्यै भएको थिएन ।

संघर्ष उत्कर्षमा पुग्दै जाँदा गाउँलाई टेकेर शहरलाई छेक्ने योजनाले ढाडमा टेकेर टाउकामा हान्ने रणनीति तय गर्यो, माओवादी आन्दोलनले खासगरी बिपन्न किसान, उत्पीडित महिला, दलित, जनजाति, मधेस र उपेक्षित क्षेत्रका समुदायमा ठुलो प्रभाव पार्यो । विविध परिघटनाहरूबीच ०६२ असोज कार्तिकमा रुकुमको चुनबाङमा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले राजनीतिक कार्यदिशाको रूपमा लोकतान्त्रिक गणतन्त्रको कार्यनीति र फौजी रूपमा ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति पारित गयो ।  दस्तावेजमा टेकेर बहस गर्ने हो भने कार्यनीतिक रूपमा चुनबाङले तय गरेको राजनीतिक र फौजी कार्यनीतिलाई तत्कालीन नेतृत्वको टिमले विभाजनको बाटो नखोजी इमान्दारितापूर्वक कार्यान्वयन गर्न सकेको भए नेपालमा नयाँ ढंगबाट क्रान्ति सम्पन्न गर्न सकिने निश्चित थियो, तर त्यो हुन सकेन ।  अन्य पार्टीहरू विशेष गरेर एमाले र नेपाली कांग्रेस समेतको बलमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना भयो । मुलुकले नयाँ संविधान पायो । नयाँ संविधान पाएपनि क्रान्तिकारी पक्षधर श्रमिक जनताका लागि चित्तबुभ्mदो संविधान बन्न सकेको छैन । यो सिङ्गो नेपाली समाजले स्वीकार गरेको विषय बन्न पुगेको छ ।

पार्टीको राजधानी यात्रा : शान्तिपूर्ण बाटोबाट केन्द्रीयसत्ता कब्जा गर्न आएपछि माओवादी उल्टै संशोधनवादका पक्षधरको कब्जामा पर्यो । जसका कारण सिङ्गो माओवादी आन्दोलनले ठुलो धक्का खानुप¥यो । शान्तिप्रक्रियामा प्रवेश गरेपछि माओवादी आन्दोलन ओरालोतिरको यात्रामा लाग्यो ।  नेताहरू संविधानसभा (संसद) भवनमा पसेपछि एकातिर लोभ र लालचले घर गर्दै गयो र जनयुद्धले सिकाएको सामूहिकताले घुम ओड्दै गयो, भने अर्कोतिर कार्यकर्ताहरू विचलितजस्तै भए, यहीवेला कार्यकर्तामा निराशा, कुण्ठा र अराजकता भरिदै गयो, कसैले कसैलाई नटेर्ने र नगन्ने स्थिति भयो  ।

यो बीचमा माओवादीले थोरै उपलब्धि तर धेरै क्षति र पराजय भोग्नुपर्यो । आन्दोलन र संघर्ष होइन खाली वार्ता र सम्झौताको बाटो अवलम्वन गर्न थालेपछि सिङ्गो माओवादी आन्दोलनले आफ्नो आयतन क्रमशः घटाउन पुग्यो । माओवादीका धेरै नेताहरू संसदतिर छिरेपछि पार्टी कार्यव्रmम स्थगतजस्तै हुनपुगे ।  नेताहरू संविधानसभा (संसद) भवनमा पसेपछि एकातिर लोभ र लालचले घर गर्दै गयो र जनयुद्धले सिकाएको सामूहिकताले घुम ओड्दै गयो, भने अर्कोतिर कार्यकर्ताहरू विचलितजस्तै भए, यहीवेला कार्यकर्तामा निराशा, कुण्ठा र अराजकता भरिदै गयो, कसैले कसैलाई नटेर्ने र नगन्ने स्थिति भयो  । इमान्दार कार्यकर्ताहरू क्रान्तिको भविष्यप्रति चिन्तित भएर कुनै विकल्प नपाएपछि पलायन हुनेस्थिति आयो ।

समग्रमा पार्टीमा दोस्रो दर्जाका नेतृत्वले इमान्दारभन्दा चोरीचकारी र चाकडी जान्ने कार्यकर्ता नै प्यारो मान्ने अवस्था आयो, धेरैजसो कमिसनखोरी, तस्करी, भूमाफियाका भागिदार, साछी र लगौटिया बन्नपुगे । उनीहरूलाई नै नेतृत्व विकास गरियो । यसको उचित समीक्षा गर्न पार्टी तयार हुन्छ या हुँदैन, तर यो प्रवृतिले पार्टीमा ठूलो क्षति पुगेको भने अवश्य हो ।

अहिलेको बाटो र निकास  : कतिपय जाति, वर्ण र वर्गका नाममा पार्टीको मुख्य नेतृत्वलाई अकमण्यतामा फसाउने नियतिको खेल जिम्मेवार कार्यकर्ताबाटै भएपछि अहिलेसम्म माओवादी पार्टीले सैद्धान्तिक रूपमा खुट्टा लर्वराउनुपरेको छ र क्रान्तिलाई संवैधानिक बाटोबाट अवतरण गर्नुपरेको छ । अहिले मुलुकले लोकतान्त्रिक संविधानको बाटो समातेको छ । यो उपलब्धि हो या होइन परिणाम आउन बाँकी नै रहेता पनि जनयुद्धको उपजको रूपमा मुलुकले संविधान पाएको छ, भन्न सकिन्छ ।

केही व्यक्तिहरू हार्दैमा, गल्दैमा र कोही मान्छेहरू गोलचक्करमा हराउँदैमा कुनै पनि क्रान्तिले हार्दैन ।  समग्रमा पार्टीमा दोस्रो दर्जाका नेतृत्वले इमान्दारभन्दा चोरीचकारी र चाकडी जान्ने कार्यकर्ता नै प्यारो मान्ने अवस्था आयो, धेरैजसो कमिसनखोरी, तस्करी, भूमाफियाका भागिदार, साछी र लगौटिया बन्नपुगे ।  समयक्रमले पछिल्लो निर्वाचन परिणामसम्म आउँदा वामशक्ति घटकहरूलाई एकैठाउँबाट लड, जनताका लागि लड भन्ने सन्देश जनताले दिएका छन् । यसको मतलव हुन्छ माओवादी केन्द्र र एमाले सैद्धान्तिक रूपले एकैठाउँ हिड्न सक्ने भयौ भनेको नै हो । नेतृत्वले यसलाई आत्मसात् गर्न सक्नुपर्छ ।

एमालेले माओेवादको नाममा भएको जनयुद्धलाई र माओवादी केन्द्रले बहुदलीय जनवादलाई आत्मसात् गर्नसके एउटै बाटोमा हिड्न सक्ने वातावरण बन्ला या बहसले अरू मध्यमार्गी योजनामा छरिएर रहेका सबै वामघटकलाई एउटै सुत्रमा केन्द्रित गर्न सक्ला, यो प्राविधिक कुरा हो, तर एकता, एकताका लागि वा संसदीय विकासका लागि मात्र होइन, श्रमिक मजदुर र किसानको गुणात्मक विकास र समृद्धिसहितको परिर्वतनका लागि हुनुपर्छ । न कि मजदुरले न्यायका लागि पुनः इतिहासको अविस्मरणीय फागुन एकमा फर्कनु नपरोस् ।

अन्तिममा फागुन १ को क्रान्तिकारी र गौरवशाली इतिहासलाई संरक्षण गरेरअघि बढ्न परिर्वतनका पक्षधरहरूलाई प्रेरणा मिलोस्, क्रान्तिकारीका सपनाहरू कहिल्यै मर्दैनन् । इतिहासमा जित  इमान्दार र कर्तव्यनिष्ठ क्रान्तिकारीहरूकै हुनेछ । फागुन १ कम्युनिस्टहरूको बृहत् एकता र परिवर्तनको दिन बन्न सकोस्, शुभकामना ।

1,792 total views, 2 views today

तपाईको प्रतिक्रिया