काठमाडौं ।  पशुपतिनाथमा महाशिवरात्रिमा आएका  नागा साधुको सेवा सुरु भएको छ ।

आइतबारदेखि उनीहरुको सेवा शुरु गरिएको हो । शिवरात्रीको पुर्व सन्ध्यामा एकादशीको दिन बिहान आफ्ना कपडा खोलेर झण्डै ५ सय नागा बाबा पशुपति क्षेत्रभित्र प्रवेश गरेका छन् । गुठी संस्थानले एकादशीबाट नागा साधुको र द्वादशीदेखि अन्य साधुको सेवा गर्ने परम्परा छ । शरीरभरी विभूत घसेर नांगै उभिएका बाबा पशुपतिनाथ परिसरमा यत्रतत्र बसेका छन् ।

जोगीका चार सम्प्रदायमध्ये नागा सन्यासी अन्तर्गत पर्छन् । पशुपतिमा चारै सम्प्रदायका जोगी आउने गर्छन् । चार सम्प्रदायमा सन्यासी, वैष्णव, नानक र उदासी सम्प्रदाय पर्छन्, कान्तिपुर दैनिकमा खबर छ । 

4,456 total views, 0 views today

तपाईको प्रतिक्रिया