हेटौंडा/प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथ ग्रहण समारोहमा पौडेलले प्रदेश प्रमुख अनुराधा कोइरालासमक्ष सपथ लिनु भएको हो ।

उहाँले पदभार समेत सम्हाल्नु भएको छ । प्रदेश ३ मा बहुमत ल्याएको एमालेले सरकार गठनको दाबी गर्दै पत्र बुझाएपछि प्रदेश प्रमुख कोइरालाले पौडेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

पौडेललाई माओवादी केन्द्रको पनि समर्थन छ । तर, माओवादीले तत्काल सरकारमा नजाने संकेत दिएको छ ।

एमालेले एक मन्त्रीको नाम दिन आग्रह गरेपनि माओवादीले पार्टी एकताबारे ठोस सहमति नभएको भन्दै मन्त्रीको नाम दिन मानेको छैन ।

1,623 total views, 2 views today

तपाईको प्रतिक्रिया