- अम्बिका भण्डारी

 बेलबारी मोरङ ।  पेन्सिलले  घोचेर कसैको ज्यान जान सक्छ भन्दा पत्यार लाग्दैन तर मोरङमा पेन्सिलले घोचेकै निहुँमा एक वालकको ज्यान गएको छ । त्यसैगरी जिस्कने क्रममा पेन्सिलले घोचेेेर अर्को ठाउँमा एक जना बिरामी परेका छन् ।

मृतक कुशल

घटना माघ १९ गते घुक्रबारको हो । मोरङ बेलबारी २ स्थित जेभियर स्कुलको कक्षा १ मा पढ्नेहरू केटाकेटीहरु कक्षा कोठामा खेल्दै थिए । खेल्ने क्रममा  वालवालिकाले खेल्दा खेल्दै  पेन्सिल ठाडो पारेर  बेन्चमा राखेका रहेछन्  । केहि बेरमै सोही  कक्षामा पढ्ने बिद्यार्थी कुसल बराइली आएर आफ्नो बेन्चमा बसे ।  त्यहाँ पेन्सिल छ भन्ने उनलाइ थाहा नभएकोले पेन्सिलले उनको पछाडी बस्ने ठाउँमै घोच्यो  ।

पढाई सकेर छुट्टी भएपछि उनी घर गए । घरमा गएर कुसलले पेन्सिलले घोचेको घटना आफ्ना बाबू आमालाई सुनाए । तर वालकको अवस्था सामान्य थियो । त्यसैले परिवारले पनि त्यसलाई गम्भीर रुपमा लिएनन् । शनिवार बिहान कुशलले आफना बाबुलाई ब्याडमिन्टन किन्न लगाए र दिउँसो साथीभाइहरुसंग खेलिरहे । वालककी आमा यसोदाका अनुसार  खेल्ने क्रममा उनले अलिअली खुट्टा खोच्याएका थिए ।

परिवारका अनुसार  बेलुकीपख अलिअलि ज्वरो आयो । त्यसैले कुशलका बाबू डम्बरले स्थानीय एक क्लिनिकमा लगेर जाँच गराए । त्यसबेला मलद्वार वरपर घाउ पनि देखिएन । त्यसैले ज्वरोको सामान्य औसधि मात्र दिइयो । वालककी आमा यसोदा बराइलीका अनुसार त्यसैदिन राती ११ बजेतिर पेट दुख्यो भन्दै कुसल निकै छटपटाए । फेरि एकैछिनमा बान्ता पनि गरे । भोलिपल्ट माघ २१ गते आइतबार बिहान कुसल बाबुसंग हिडेर नै बेलबारीको एक क्लिनिकमा गए । चेकजाँच गर्दा पिसाबमा इन्फेक्सन देखियो । त्यहाँबाट औसधि लिएर फर्केपछि खाना खाएर स्कुल पनि गए । परिवारका अनुसार दिउँसो टिफिनमा पनि ज्वरो आइरहेकोले आमासँग कुसल घर फर्के । अर्को दिन सोमबार र मङलबार ज्वरो आइरहेकोले कुसललाई स्कुल पठाइएन, कुसल घरमै बसे ।

तर २४ गते बुधबार निकै बिरामी भएको र पिसाब फेर्न पनि समस्या हुन थालेेकाले कुसललाई बिराटनगरस्थित सुरक्षा हस्पिटल पुर्याइयो । त्यहाँ रगत र पिसाब लिन खोज्दा पिसाब नै आएन । डाक्टरको सल्लाह अनुसार उनलाई त्यहीँ भर्ना गरियो । बाबु डम्बर रसाइलीलेे संयन्त्रलाइ दिएको जानकारी अनुसार बिहिवार बिहानसम्म पनि बिमार बिसेक नभएपछि डाक्टरले अन्यत्र लैजान सल्लाह दिएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान (घोपा क्याम्प) पुर्याइयो । त्यहाँको इमर्जेन्सी वार्डमा रगतको नमुना लिएपछि तत्काल आइसियुमा लगियो । त्यसको भोलिपल्ट बेलुका ५ बजेतिर डाक्टरले  कुशललाई मृत घोषणा गरे । वालकको पोस्टमार्टम गरिएपछि अाइतबार दाह संस्कार गरिएको छ । वालकको पोस्टमार्टम रिपोर्ट आइनसकेकोले के कारणले मृत्यु  भएको  भनी हाल यकिन गरी भन्न नसकिने इलाका प्रहरी कार्यालय बेेेेलबारीलेे जनाएको छ ।

कुशलको घर

सोमबार कुसलको घर पुग्दा केही आफन्त भेला भएपनि सुनसान थियो । छोराको मृत्युमा मर्माहत भएकी आमा यसोदा कुनामा बसेर बर्बरी आँसु झारिरहेकी थिइन् । दुई छोरामध्ये जेठा छोरा कुसलको निधनले रसाइली परिवार मर्माहत भएको छ । कान्छा छोरा कौसल ५ बर्षका छन् ।

आफ्नो छोराको मृत्युमा उनीहरू कसैलाई दोष दिदैनन् । न्यून आर्थिक अवस्थाको बराइली परिवारका डम्बरले मजदुरी गरेर परिवार पाल्दै आएका छन् । छोराको मृत्यु एक एक भबितब्य र दुर्घटना भएको बताउदै वालककी आमा यसोदाले छोराको मृत्युमा स्कुलको कुनै दोष नरहेको र आफुहरुले क्षतिपूर्ति दाबी पनि नगर्ने संयन्त्रलाइ बताइन् ।

डाक्टरको पोस्टमार्टम रिपोर्ट आइ नसकेकोले ठोकुवा गरेर भन्न नसकिने भएपनि पेन्सिलले घोचेकै निहुँबाट बिरामी बढ्दै आफ्नो छोराको मृत्यु भएको बताउदै यशोदाले पेन्सिलको खतरा हुने  भएमा बुझेर  सतर्कता अपनाउन सबैसँग आग्रह गरेकी छिन् ।

बच्चा अध्ययनरत स्कुल जेभियर स्कुलका पिन्सिपल  लिला गिरीले घटना दु:खद भएको तर  पेन्सिलले घोचेकै कारण बच्चाको मृत्यु नभएको बताए । पोस्टमार्टम रिपोर्ट आएपछि विद्यालयले वास्तविक कुरा बाहिर ल्याउने उनले जानकारी दिए ।

पेन्सिलले घोचेर अर्का बिद्यार्थी बिरामी
त्यसैगरी जिस्कने क्रममा पेन्सिलले नै घोचेका कारण बेलबारी २ लालभित्तिकै अर्का एक बिद्यार्थी बिरामी परेका छन् ।
स्थानीय कबिर माध्यमिक बिद्यालयमा कक्षा १० मा अघ्ययनरत यम बहादुर श्रेष्ठ बिरामी परेका हुन् । संगै पढ्ने एक साथीसग जिस्कने क्रममा  पेन्सिलले घोचेर मलद्वार नजिकै घोचेर घाउ भएको थियो ।

घटना केही दिन अगाडिको भएपनि यम बहादुर सामान्य उपचार गरेर बसेका थिए । तर उनलाइ जस्तै पेन्सिलले घोचेर छिमेकमै वालकको ज्यान गएपछि यम बहादुरलाइ बिराटनगर लगेर सोमबार सामान्य सर्जरी गरी शरीरभित्र अड्किएको पेन्सिलको टुक्रा निकालिएको पारिवारिक स्रोतले जनाएको छ । दुई बिद्यार्थीका परिवारबिच मिलापत्र भएको र घटना सामान्य भइसकेको कबिर स्कुलका एक शिक्षकले संयन्त्रलाइ  बताए ।

4,746 total views, 0 views today

तपाईको प्रतिक्रिया