विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राख्दै नेपालले आईसीसी विश्व क्रिकेट डिभिजन २ मा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको छ । १ सय ७८ रनको मध्यम चुनौती पाएको नेपालले पुरै ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य पार गरेको हो । नेपालका लागि यूवा ब्याट्सम्यान रोहित पौडेलले ४७ रन बनाउँदा आरिफ शेखले ४२ रन जोडेका थिए ।२३ दशमलव ३ बलमा ८२ मा ५ विकेट गुमाएर दयनीय अबस्था रहेको समयमा आरिफ र पौडेले इनिङ सम्हालेका  थिए । यी दुइले २४ दशमलव ५ बलमा छैटौ विकेटको लागि ८७ रुनको साझेदारी गरी टिमलाई जित नजिक पुर्याएका थिए ।त्यस्तै कप्तान पारस खडकाले ४४ बलमा ४२ रनको  इनिङ खेल्दा सरद भेषवाकरले १९ रन जोडेका थिए  । केल्याका इ. रिङ्गेचाले सर्वाधिक ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको केन्याले पुरै ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७७ रन बनाएपछि नेपालले यो चुनौती पाएको थियो  ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । १० ओभर बलिङ गरेका सन्दीपले ५ मेडन राख्दे २० रन खर्चेर ५ विकेट लिएका हुन् । करन केसीले ३ विकेट तथा सोमपाल कामी, बसन्त रेग्मी र सरद भेषवकरले समान १/१ विकेट लिएका थिए  । खेलको म्यान अफ द क्याच लामिछाने घोषित भएका छन्  ।

1,872 total views, 2 views today

तपाईको प्रतिक्रिया