धनकुटा । मादक पदार्थ सेवनगरी आफ्नै छोराले कुटपिट गरेर थलिएका  धनकुटा ३ कागतेका गंगा बहादुर दर्जी उपचार खर्च अभावमा थलिएर घरमै बस्न बिवस भएका छन् ।

गत दशैंको बेला आफूले पाउने सामाजिक सुरक्षा भत्ताको रकम लिएर मादक पदार्थ सेवनगरी आफ्नै छोराले कुटपिट गर्दा आफू थलिएको ६४ बर्षिया दर्जीले बताए ।

हाल प्यारालाइसिसको अबस्थामा रहेका दर्जीलाई  आर्थिक अभावका कारण उपचार गर्न नसकेको बुहारी रिना बर्देबाले बताइन्  ।

यसैबीच आर्थिक अबस्था कम्जोर भएका दर्जीलाइ वडा अध्यक्ष बिकाश घिमिरेको पहलमा हङकङमा बस्दै आएका सुरेश याक्सो लिम्बूले उपचारका लागि ७३ हजार रकम सहयोग गरेका छन्   ।  वडा अध्यक्ष घिमिरेले दर्जीलाई घरमै पुगेर सो  रकम हस्त्तान्तरण गरेका छन् ।

4,414 total views, 2 views today

तपाईको प्रतिक्रिया