केशु विरही , बेलबारी, (माेरङ) / शिक्षा सन्देश इ. स्कुल बेलबारी- २, लालभित्तीले अायाेजना गरेकाे अन्तर मा. वि क्रिकेट प्रतियाेगितामा अायाेजक टिमलाई पछि पार्दै सुविजिमुर इ. स्कुल, सुन्दरहरैचाले प्रथमस्थान हासिल गर्न सफल भएकाे छ ।

खेलकुद सप्ताहकाे घाेषणागरि संचालन गरेकाे उक्त प्रतियाेगिताकाे सेमी फाईनलमा अायाेजक टिम र सुविजिमुर ई स्कुल पुगेका थिए ।

सर्वप्रथम वलिङ गर्दै सुविजिमुरले अायाेजक टिमलाई १५९ रनकाे टार्गेट खठा गरिदिएकाेमा शिक्षा सन्देशले अल अाउट हुँदा ८४ रन मात्र ल्याउन सफल भएकाे थियाे ।

महेन्द्र मावि सुन्दर हरैचाकाे खेलमैदानमा संचालन भएकाे उक्त प्रतियाेगितामा सुविजिमुर इ स्कुलका म्यान अफ द सिरिज रवनम अधिकारी घाेषित भएका थिए ।

खेलकुद सप्ताहकाे रुपमा घाेषणा गरि पठापाठन समेत पूर्ण रुपमा स्थगन गरि फुटवल, व्याडम्यन्टेन,चेस, गणित दाैड, नृत्य – गायन, ड्रविङ, दाैड, हस्तलेखन, म्युजिकल चेयर, स्पुन रेस, स्लाे साइकल रेस, हिज्जे, हाजिरिजवाफ, वादविवाद, वक्तव्य लगायतका प्रतियाेगिताहरु संचालन गरिएका थिए ।

यस्ता प्रतियाेगिताले विद्यार्थीहरुलाई मनाेरन्जन मात्र नभई अाफूमा निहित क्षमताकाे प्रष्फुटन गर्नेअवसर प्रदान गर्ने विद्यालयका पिन्सिपल राजेश खत्रीले वताउनु भयाे ।

शिक्षा सन्देशले बेला बेलामा यस्ता प्रतियाेगिताहरु संचालन गर्दै अाएकाे छ । विद्यालयले संचालन गर्ने यस्ता प्रतियाेगिताले शिक्षक, विद्यार्थी तथा अभिभावकमा विद्यालयप्रति सकारात्मक सन्देश प्रवाह गर्ने गरेकाे विद्यालयका क्रिकेट क्लव संयाेजक दिवेश कुमार पण्डितकाे मत रहेकाे छ ।

1,766 total views, 2 views today

तपाईको प्रतिक्रिया