केशु विरही/ बेलबारी- २, लालभित्ती, माेरङका युवाहरु एका बिहानै हातमा झाडु लिएर टाेल सरसफाई अभियानमा जुटिरहेका थिए।

उक्त सरसफाई अभियानकाे चाजाेपाँजाे लालभित्ती उत्तरतर्फ “मायालु हातहरु” नामक समूले मिलाएकाे थियाे भने दक्षिणतर्फकाे चाँजाेपाँजाे “लालभित्ती व्याडमिन्टन समूह”ले ।

मायालु हातहरुले भेटघाट चाेकदेखि सद्भाव चाेकसम्मकाे सरसफाई गरेकाे थियाे लालभित्ती व्याडमिन्टेन समूले शान्तिचाेक (दक्षिण) देखि किस्तिपुल सम्मकाे क्षेत्रमा सफाई संचालन गरेकाे थियाे ।

जताततै फाेहर गर्ने वानीले हामीलाई नै हानी गर्छ भन्ने सन्देश दिन उक्त अभियानकाे अायाेजना गरिएकाे “मायालु हातहरु”की अध्यक्ष सुनिता तिवारी हुँमागाईकाे मत रहेकाे छ ।

युवाहरुद्वारा संचालन गरिएकाे यस्ताे कार्यले समाजमा सकारातमक सन्देश दिएकाे बेलबारी नगरपालिका वार्ड नं-२, की महिला सदस्य खिना बस्नेतकाे मत रहेकाे छ ।

पछिल्ला समयमा टाेलटाेलमा युवाहरु संगठित भएर समाजसेवामा सक्रिय भैरहेका छन्  । समाजमा हुने विकृति र विसङ्गतिलाई न्युनिकरण गर्ने समाज विकासकालागि सबैलाई सँगसँगैलैजाने उद्देश्यकासाथ गत वर्ष मात्र लालभित्ती दक्षिणमाशान्तिटाेलसुधार समितिकाे स्थापना गरिएकाे थियाे ।

त्यस्तै बाटाे उत्तरतर्फ युवा समूह नामक संस्था विगत लामाे समयदेखि क्रियाशील रहेकाे छ । उक्त संस्थाले समाजमा शिक्षा, स्वास्थ तथा सचेतनाका लगायतका विविध क्षेत्रमा अाफूलाई क्रियाशील वनाउदै अाएकाे छ ।

यसरी समाजसेवामा युवाकाे अाकर्षण वढ्नुलाई समाजसेवी एवम शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजङ्ग थापा याे शुभसंकेत भएकाे वताउछन ।

उनी भन्छन “हिजाे गाउँमा केही गर्नु पर्दा उर्दी गर्दा पनि मानिस भेला हुँदैनन्थे तर अहिल युवाहरु स्वतस्फुर्त रुपमा समाजसेवामा सहभागिता जनाउन थालेका छन् , याे राम्राे संकेत हाे ।”

3,952 total views, 0 views today

तपाईको प्रतिक्रिया