मोरङ/ मोरङको बेलबारीमा आगामी फागुन १६ गतेदेखि १० दिनसम्म शिक्षा तथा स्वास्थ्य मेला लाग्ने भएको छ ।

आयोजक युवा जागरण अभियान नेपालले आइतबार पत्रकार सम्मेलन गरी आगामी फागुन १६ गतेदेखि १० दिनसम्म मेला लाग्ने जानकारी दिएको हो । महोत्सवमा ५० वटा स्टल रहने छन् ।

युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेतले सो महोत्सवबाट ४९ लाख ५० हजार रुपैयाँ बराबरको आम्दानी हुने अनुमान गरिएको बताए ।  मेलाको व्यवस्थापनमा २३ लाख ३० हजार रुपैयाँ खर्च गरिने पत्रकार सम्मेलनमा जनाइएको छ ।

तीन लाख ५० हजार दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष राखिएको अध्यक्ष बस्नेतले बताए । उठेको रकमबाट ६० प्रतिशत आर्थिक अभावले विध्यालय जान समस्या भएका बालबालिकाको पठनपाठनमा सहयोग गर्ने तथा ४० प्रतिशत रकम सामाजिक काममा खर्च गरिने आयोजकले जनाएको छ । महोत्सवमा शैक्षिक स्टलहरूलाई प्राथमिकता दिइने जनाइएको छ । (माघ २८)

482 total views, 0 views today

तपाईको प्रतिक्रिया