बेलबारी जेसिसको दोश्रो पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

मोरङको क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका सदस्य भानुभक्त ढकालको प्रमुख आतिथ्य, नेपाल जेसिजका पुर्बअध्यक्ष भोलेश्वर दुलाल र पुबं सांसद हर्कमान तामाङ बिशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सन २०१८ का अध्यक्ष राजन प्रसाई सहित सर्वसम्मत नयाँ कार्यसमितिका कार्यकारी उपाध्यक्ष दिपेन्द्र खुलाल, राजेश खत्री तथा उपाध्यक्षहरु कोषराज श्रेष्ठ, ध्रुवतारा घिमिरे,दिनेश गिरी र ऐश्वर्य प्रसाद आचार्य (बीपीन) को पदस्थापन समेत गरिएको छ । उनीहरुलाई सन् २०१७ का अध्यक्ष र उपाध्यक्षहरुले पदस्थापन गराउदै प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा बेलबारी जेसिजको सन् २०१८ का अध्यक्ष राजन प्रसाईंले जेसीज बेलबारीका सदस्य (जेसी) हरुलाई बिभिन्न विभागमा नियुक्त गरेका छन् । जसमा महिला शसक्तिकरण संयोजक सपना काफ्ले, दुर्व्यसनी पुनस्थापन संयोजक चिरन्जीवी खतिवडा, प्रसासन समन्वय संयोजक परशुराम दाहाल, शाखा सम्पादक संयोजक जनक पोख्रेल, पर्यटन प्रबर्धन संयोजक अच्युत पौडेल, सांस्कृतिक संयोजक बिराज नेउपाने, शिक्षा संयोजक भुवन कार्की, स्वागत सम्मान संयोजक राम गिरी, संघसंस्था समन्वय संयोजक केदार दुलाल, उद्यमशीलता संयोजक राजेन्द्र श्रेष्ठ, सचिवालय ब्यबस्थापन संयोजक राजकुमार धिमाल, पुरस्कार वितरण संयोजक मित्र ढकाल अन्तर शाखा संयोजक खगेन्द्र खनाल, सदस्य वृद्धि संयोजक रामचन्द्र खड्का र अतिरिक्त क्रियाकलाप संयोजक सुवास श्रेष्ठ चयन भएका छन् ।

त्यसैगरी ब्यापार बाणिज्य संयोजक दिपेन्द्र पोद्दार, स्वास्थ्य संयोजक सन्तोस बिक, आर्थिक कोष वृद्धि संयोजक मानिस सुबेदी, वातावरण संयोजक तोशिस सुबेदी, युवा परिचालन संयोजक सुमन गौतम, खेलकुद संयोजक सुरेन्द्र सुबेदी, सुचना तथा संचार संयोजक खगेन्द्र कुमार राइ, प्रकरण निर्देशक संयोजक कुमार खुलाल, तालिम संयोजक सनम पोख्रेल, जनसम्पर्क अधिकारी संयोजक भुपाल बस्नेत नियुक्त भएका छन् ।

त्यस्तै बेलबारी जेसिजको महासचिवमा राजेन्द्र बहादुर अधिकारी, सचिबमा प्रसान्त निरौला र कोषाध्यक्ष बाबुराम चौधरी नियुक्त भएका छन् । अध्यक्ष सल्लाहकारमा हेमसागर ढकाल र रसिन तामाङ तथा कानुनी सल्लाहकारमा नवराज सुबेदीलाइ चयन गरिएको अध्यक्ष राजन प्रसाइले संयन्त्रलाइ बताए ।

कार्यक्रममा पत्रकारहरु नरेन्द्र बस्नेत, उत्तम पोख्रेल र अर्जुन राइ तथा  बेलबारी १ मा एकल तथा असाहय महिला बिष्णुमाया खडकाको घर निर्माणका लागी जेसिज मार्फत सहयोग गर्ने गिता सुवेदी र अमृत गुरुङलाई समेत सम्मान गरिएको थियो । कार्यक्रमकै अबसरमा उत्कृष्ट कार्यक्रम संयोजकका रुपमा दिपेन्द्र खुलाल र उत्कृष्ट सदस्यका रुपमा धुब्रतारा घिमिरेलाई सम्मान गरिएको छ ।

1,250 total views, 2 views today

तपाईको प्रतिक्रिया