मोरङको बेलबारी नगरपालिका वडा नं २ लालभित्तीबाट दुई महिनादेखि हराएका एक वालक अझै  बेपत्ता अबस्थामा छन्  ।

स्थानीय ११ बर्षका बालक राम थापा गत मङ्सिर १६ गते देखि हराइरहेका हुुन्  । उनी हराएको दुइ महिना बितिसकेकोले उनलाई कसैले अपहरण गरेको वा लुकाएको आशंका समेत गरिएको छ ।
इलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक ईन्स्पेक्टर रामजी कटुवालले बालक हराएको सुचना अाएको र त्यसबारे अनुसन्धान भइरहेको बताए ।

वालक हराएकोबारे स्थानीय केही ब्यक्तिहरुले सामाजिक संजालमा लेखेपनि आधिकारिक रूपमा सूचना प्राप्त भएको थिएन । बेलबारी नगरपालिकाकी उपमेयर ढाका कुमारी पराजुलीले हालै वालकका परिवारलाई भेटेपछि सो बिषयमा सबैले चासो गर्न थालेका छन् ।

1,132 total views, 2 views today

तपाईको प्रतिक्रिया