केशु विरही / माेरङ जिल्लाकाे बेलबारी नगरपालिका २, लालभित्तीमा अवस्थित शिक्षा सन्देश इ स्कुलले विविध कार्यक्रमका बिच खेलकुुुद सप्ताह मनाएकाे छ ।

खेलकुद सप्ताहकाे रुपमा घाेषणा गरी माघ २३ गतेदेखि २६ गते सम्म संचालन भएकाे सप्ताहमा  फुटवल, व्याडम्यन्टेन, चेस, गणित दाैड, नृत्य – गायन, ड्रइङ, दाैड, हस्तलेखन, म्युजिकल चेयर, स्पुन रेस, स्लाे साइकल रेस, हिज्जे, हाजिरिजवाफ, वादविवाद, वक्तव्यकला लगायतका विविध प्रतियाेगिताहरु संचालन गरिएका थिए ।

यस्ता प्रतियाेगिताले विद्यार्थीहरुलाई अाफूमा निहित क्षमताकाे प्रष्फुटन गर्नेअवसर प्रदान गर्ने विद्यालयका पिन्सिपल राजेश खत्रीले वताए । उक्त अवसरमा माध्यमिक विद्यालय स्तरीय क्रिकेटका साथै विविध साँस्कृतिक प्रतियाेगिताकाे पनि अायाेजना गरिएकाे थियाे ।

शिक्षा सन्देशले बेला बेलामा यस्ता विविध कार्यक्रमहरु संचालन गर्दै अाएकाे छ । विद्यालयले संचालन गर्ने यस्ता कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा विद्यालयप्रति सकारात्मक सन्देश प्रवाह गरेकाे विद्यालयका खेलकुद संयाेजक विनाेद नेपालले बताए  ।

2,314 total views, 0 views today

तपाईको प्रतिक्रिया