अर्घाखाँचीमा विद्यार्थीले शिक्षकको हाजिरी गर्न थालेपछि शिक्षकहरू समयमा विद्यालय जान थालेका छन्।

शिक्षकहरू १० बजेभन्दा ढिला र ४ बजेभन्दा अघि हिँड्ने गुनासो आएपछि जिल्ला शिक्षा कार्यलयले विद्यार्थीलाई नै जिम्मा दिएर शिक्षकको हाजिरी गर्ने नियम बनाएको हो। शिक्षकको हाजिरी विद्यार्थीले गर्न थालेपछि शिक्षकहरू समयमै विद्यालय जाने र ४ बजे मात्र विद्यालय छाड्ने गरेका जिल्ला शिक्षा कार्यलयका जिल्ला शिक्षा अधिकारी लिलबहादुर राउतले जानकारी दिए।

बिहीबार जिल्ला शिक्षा कार्यालय र जिल्ला युवा समिति कार्यालयले संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा जिल्लाका ६० वटा विद्यालयमा यो अभियान चलेको र अभियानलाइ अर्को वर्षदेखि सबै विद्यालयमा सञ्चालन गरिने जिल्ला शिक्षा अधिकारी राउतले बताए।

शिक्षाको गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने सन्धिखर्क नगरपालिकाका शिक्षा संयोजक बलराम मि श्रले जानकारी दिए।

यसैबीच जिल्ला युवा समिति कार्यालयले युवाका सवालहरू मिडियामा उठान गर्न आह्वान गरेको छ। युवाका साझा मुद्दा मिडियामा उठान गरेपछि मात्र निकास हुने भएकाले उनीहरूका मुद्दा उठान गर्नुपर्ने जिल्ला युवा समितिका अध्यक्ष लिलबहादुर राउतले जानकारी दिए, अन्नपूर्ण पोष्ट मा खबर छ ।

1,620 total views, 2 views today

तपाईको प्रतिक्रिया