मोरङ । निजि स्कुलका विद्यार्थीहरुको  प्रतिभा उजागर गर्ने उद्देश्यले प्याब्सन मोरङले आयोजना गरेको प्याब्सन जिल्ला स्तरीय लोकनृत्य प्रतियोगिताको फाइनलमा जुुुुनियर  र सिनियर तर्फ मोरङ खोर्सानेमा अबस्थित वाल प्रतिभा स्कुल  र सिद्दार्थ माबि प्रथम भएका छन् ।

प्रतियोगिताको फाइनलमा जुनियरतर्फ सिद्धार्थ र सिनियरतर्फ बालप्रतिभा प्रथम भएका हुुन्  । जुनियरतर्फ उर्लाबारीमा रहेको पशुपति सेकेण्डरी बोर्डिङ स्कूल द्धितीय र उर्लाबारीकै पारलेन्स सेकेण्डरी बोर्डिङ स्कूल तृतिय भएका छन् । सिनियरतर्फ रिलायन्स स्कूल उर्लाबारी द्धितिय र  विराटनगरमा रहेको अन्नपूर्ण स्कूल  तृतीय भएका छन् ।

प्याब्सन मोरङले प्रत्येक्ष वर्ष यस्तो लोकनृत्य प्रतियोगिता गर्दै आएको छ । विजेता हुने स्कूलका विद्यार्थीहरुलाई विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली, प्याब्सनका केन्द्रीय सल्लाकार टिकाराम पुरी, मोरङ अध्यक्ष सुनिल पौडेलल गायतले पुरस्कार वितरण गरेका थिए ।प्रतियोगिताको फाइनलमा ३३ वटा स्कूलको सहभागी रहेको प्याब्सन मोरङले जनाएको छ ।

1,040 total views, 2 views today

तपाईको प्रतिक्रिया