बुधबार भएको निर्वाचनमा ५६ मध्ये ५३ को नतिजा घोषणा हुँदा एमाले- माओवादी गठबन्धनले ३६ सिट जितेको छ।

एमालेले २५ सिट जितेको छ भने काँग्रेसले १३ सिटमा विजय हाँसिल गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ सिट जितेको छ । संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले दुई दुई सिट जितेका छन् ।

एमालेबाट सबैभन्दा बढी प्रदेश एक र तीनमा पाँच पाँच विजयी भएका छन्।

प्रदेश १ मा दुई पदका लागि भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा दुवैजना वाम गठबन्धन विजयी भएको छ । बुधबार  साँझ ५ बजे सम्पन्न भएको मतगणनामा वाम गठबन्धनबाट दलित कोटामा उम्मेदवार एमाले नेता खेम नेपाली र अपांग तथा अल्पसंख्यकमा अगमप्रसाद बान्तवा राई विजयी भएका हुन् ।

नेपालीले ६ हजार २ सय ७० मत ल्याएर विजयी भए भने  उनका प्रतिस्पर्धी कांग्रेसका बिन विश्वकर्माले दुई हजार ८ सय ३२ मत प्राप्त गरेका थिए  ।

राईले ६ हजार १ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कांग्रेसका महेश जाजुले २ हजार ८ सय ९८ मत प्राप्त गरे ।

राष्ट्रियसभाका ८ सांसदमध्ये प्रदेश १ मा ६ जना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।  महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल, नेपाली कांग्रेसका सरिता प्रसाई, खुल्ला तर्फ वाम गठवन्धनका हरिचरण शिवाकोटी, पर्शुराम मेघी गुरुङ र नेपाली कांग्रेसका रमेशजंग रायमाझी निर्विरोध भइससकेका हुन् ।

१ नम्बर प्रदेशमा ९३ जना प्रदेश सांसद र २ सय ७४ जना स्थनीय तहका प्रतिनिधि  छन् । जसमध्ये प्रदेश सांसद ९२ जनाले र २ सय ७२ जना स्थानीय तहका प्रतिनिधिले मतदान गरेका थिए ।

बुधबार ३२ सिटका लागि मतदान भएको थियो ।

प्रदेश २ मा कूल ८ सिटमध्ये सबैजना निर्विरोध निर्वाचित भएका थिए भने बुधवार प्रदेशनम्बर १, ३, ४, ५, ६ र ७ मा मतदान भएको थियो ।परिणाम अनुसार, एमाले २७, काँग्रेस १३, माओवादी केन्द्र १२, फोरम र राजपा २-२ सिटमा विजयी भएका छन् । वाम गठबन्धनको स्पष्ट वर्चस्व देखिएको छ ।

विजयी सबै उम्मेदवार

प्रदेश १

एमाले

१) नैनकला ओझा

२) हरिचरण शिवाकोटी

३) पर्शुराम मेघी गुरुङ

४) खेम नेपाली

५) अगमप्रसाद वान्तवा

कांग्रेस

१) सरिता प्रसाईं (कांग्रेस)

२) रमेशजंग रायमाझी (कांग्रेस)

माओवादी केन्द्र

१) बिना पोखरेल

प्रदेश २

राजपा

१) रमेश यादव

२) वृशेषचन्द्र लाल

फाेरम

१) रामप्रित पासवा

२) प्रमिलाकुमारी यादव

कांग्रेस

१) मुक्ताकुमारी यादव

२) जितेन्द्र देव

एमाले

१) सुमन प्याकुरेल

माओवादी केन्द्र

१) शशिकला दाहाल

प्रदेश ३

एमाले

१) दिलकुमारी रावल

२) सिंहबहादुर विश्वकर्मा

३) रामचन्द्र राई

४) बलराम प्रसाद बास्कोटा

५) उदय शर्मा

कांग्रेस

१) धनकुमारी खतिवडा

२) राधेश्याम अधिकारी

माओवादी केन्द्र

– रामबहादुर थापा ‘बादल’

प्रदेश ४

कांग्रेस

१) प्रकाश पन्थ

२) बिन्दादेवी आले

३) सुरेन्द्र राज पाण्डे

एमाले

१) दीपा गुरुङ

२) शान्ती कुमारी अधिकारी

३) गणेश प्रसाद तिमल्सेना

माओवादी केन्द्र

१) खिम कुमारी बिक

२) दीनानाथ शर्मा

प्रदेश ५

एमाले

१) कोमल वली

२) मीना बुढा

३) रामलखन चमार

४) खिमलाल भट्टराई

कांग्रेस

१) अनिता देवकोटा

२) दुर्गाप्रसाद उपाध्याय

माअाेवादी केन्द्र

१) राजकुमार कुँवर

२) चन्द्रबहादुर खड्का

प्रदेश ६

एमाले

१) नरपति लुहार

२) कविता बोगटी

३) नन्दा शर्मा

४) भैरव सुन्दर श्रेष्ठ

५) ठगेन्द्र प्रकाश पुरी

माअाेवादी केन्द्र

१) जीवन बहादुर बुढा

२) युटुल लामा

३) कालीबहादुर मल्ल

प्रदेश ७

एमाले

१) चक्रप्रसाद स्नेही

२) कमला ओली

३) इन्दु कडेरिया विष्ट

४) शेरबहादुर कुँवर

कांग्रेस

१) बद्रीप्रसाद पाण्डे

२) तारादेवी भट्ट

माअाेवादी केन्द्र

१) हरिराम चौधरी

२) महेशकुमार महरा

1,512 total views, 2 views today

तपाईको प्रतिक्रिया