सुनसरी ।  धरानमा जारी २० औं अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा थ्री स्टार क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।

बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतको दुर्गापुर स्टिल क्लब कोलकातालाई १–० ले हराउँदै थ्रीस्टारले नेपाल पुलिस क्लबसँगको फाइनल भिडन्त तय गरेको हो ।

विष्णु गुरुङले अतिरिक्त समयमा गरेको एकमात्र गोल नै थ्रीस्टारको जितमा निर्णायक बन्यो ।खेलको ‘म्यान अफ द म्याच’ थ्रीस्टारका गोलरक्षक एलेन न्यौपाने घोषित भएका छन् ।

प्रतियोगिताअन्तर्गत् बुधबार भएको पहिलो सेमिफाइनलमा संकटा क्लबलाई पराजित गर्दै पुलिस फाइनलमा पुगिसकेको छ । थ्रीस्टार र पुलिसबीचको उपाधि भिडन्त आगामी शनिबार हुनेछ ।

869 total views, 0 views today

तपाईको प्रतिक्रिया