ताप्लेजुङ । झण्डै तिन दशक अघि स्थापना भएको जिल्लाकै पुराने पाथिभरा बहुमुखी क्याम्पसको स्तरउन्नतीका लागि  श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

क्याम्पसको भौतिक पूर्वाधार तथा संकाय थप गर्दै तह बृद्धिका लागि बुुधबारदेखि  सप्ताहब्यापी संगीतमय श्रीमद भागवत ज्ञान महायज्ञ भएको हो ।

महायज्ञबाट संकलित रकमले शिक्षा शास्त्र संकाय तर्फ स्नातकोतर तह संञ्चालन गर्ने र जिर्ण भएका भवन निर्माण  गरिनेछ । महायज्ञमा पंण्डित रमेश कोईरालाले कथा बाचन गर्नु भएको छ ।

संकाय र तह थप नगर्दा हाल पाथिभरा बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायमा स्नातकसम्म मात्र पढ्न पाइरहेका छन्  । – हिमशिखर टीभी

1,048 total views, 0 views today

तपाईको प्रतिक्रिया