युएई – गैह्र आवसिय नेपाली संघ (एनआरएनए) संगको सहकार्यमा सिस्नोपानी नेपालले संचालन गरिरहेको दुई थोपा हाँसो अभियान सोमबार युएईमा संपन्न भएको छ ।
अरबमा कार्यरत नेपालीहरुलाई स्वास्थ , खानपिन , रहनसहन जस्ता विषयमा जनचेतना बाँड्न सिस्नोपानी नेपालद्वारा संचालित दुई थोपा हाँसो अभियानको तेस्रो शृङ्खला अन्तरगतको पहिलो कार्यक्रम युएईमा भव्य रूपमा संपन्न भएको हो ।
करिब दुई दशक देखि व्यंग्यात्मक शैलीमा सामाजिक विकृति , विसंगति तथा अनियमितताहरुलाई कटाक्ष हान्दै आएको सिस्नोपानीको खाडी केन्द्रित दुई थोपा हाँसो अभियानको तेस्रो संस्करण गत फेब्रुअरी १ तारिख बिहीवार युएईको अबुधाबीबाट शुरु भएको थियो ।
सिस्नोपानी नेपालले खाडीमा कार्यरत नेपालीहरुलाई मनोरञ्जनात्मक शैलीबाट स्वस्थ र सुरक्षित जीवन बाँच्न सन्देश प्रवाह गर्ने उद्देश्यले दुई थोपा हाँसो अभियान संचालन गर्दै आएको छ ।
हांस्यकलाकार मनोज गजुरेल , व्यंग्य कवि अर्जुन पराजुली , व्यंग्यकार टंक आचार्य , वरिष्ठ चिकित्सक डा. रविन्द्र पाण्डे , हाँस्यकवि लक्ष्मण गाम्नागे लगायतले प्रवाशको रोजगारीका क्रममा अपनाउनु पर्ने सावधानी , स्वस्थ रहन अपनाउनु पर्ने खानपान शैलि , सुरक्षित जिवनका लागि ध्यान दिनुपर्ने कुराहरुका बारेमा मजदुरलाई जानकारी गराईएको एनआरएनए युएईका उपाध्यक्ष निर्मल पोख्रेलले बताए ।
रोजगारीका क्रममा युएईमा करिब ४ लाख नेपाली कार्यरत छन । स्वास्थ र सुरक्षित जिवनका बारे ध्यान नदिंदा यहाँ वर्षेनि दर्जनौं नेपालीहरु दुर्घटनामा पर्ने गरेका छन । कैयनको मृत्यु समेत हुने गरेको छ । यो अभियानले त्यस्ता दुर्घटनाहरु निर्मुल पार्न सहयोग पुर्‍याउने एनआरएनएका अध्यक्ष रमेश श्रेष्ठले बताए ।
युएईमा सिस्नोपानीको तेस्रो कार्यक्रम हो । गत वर्ष पनि मनोज गजुरेल सहितको टोलिले दुईपटक युएईका विभिन्न मजदुर क्याम्पमा दुई थोपा हाँंसो कार्यक्रम संचालन गरेको थियो ।

4,227 total views, 2 views today

तपाईको प्रतिक्रिया