बिराटचौक । मोरङको सुन्दरहरैचा १० का बालक अशोक खडका उपचार खर्चको अभावमा अस्पतालको शैयामा छटपटाईरहेका छन् ।

ब्लड क्यान्सरबाट पिडित भएका बालकको आर्थिक अबस्था अत्यान्तै कमजोर रहेका कारण उनको उपचारमा समस्या भएको छ । उनका बाबु समेत बैदेशिक रोजगारीका लागी बिदेशमा रहेका छन । उनको उपचारका लागी भएको सबै सम्पत्ति सकिएपछि परिवारले उनको जिवनरक्षाका लागी अपिल गरेको छ ।
उनको उपचारका लागी परिवारले अहिलेसम्म ३४ लाख खर्च गरिसकेको छ । उनको उपचारका लागी ४५ लाख खर्च हुने डाक्टरले बताएको उनका आफन्तले बताएका छन । स्थानीय बालप्रतिभा सेकेण्डरी स्कुलमा कक्षा ६ मा अध्यायनरत उनको उपचारका लागी बिद्यालयले समेत सबै सँग अपिल गरेको छ । बालकको उपचारका लागी एनआईसी बैँक बिराटचौक शाखामा कृष्णमाया खडकाको नाममा ५६८७१७५८९५२४००१ खाता नम्बर समेत सञ्चालनमा रहेको छ , बेतना दैनिकले लेेेेखेेेको छ ।

2,474 total views, 2 views today

तपाईको प्रतिक्रिया