दमक/ कांग्रेस निकट यातायात मजदुरहरुको संगठन नेपाल यातायात मजदुर संघ झापाको नयाँ नेतृत्व चयन भएको छ । सुरुङाको जामुनखाडीमा सम्पन्न संघको छैठौ जिल्ला अधिबेशनले रमेश कास्यपको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महिला उपाध्यक्षमा सुमित्रा प्रसाई (पाठक ) ,सचिवमा एनिन्द्र खत्री ,सहसचिवमा देवनारायण शर्मा र कोषाध्यक्षमा प्रकाश कन्दङवा चुनिएका छन् । यसैगरि सदस्यहरुमा मदन सुब्बा, केशवकुमार श्रेष्ठ, बिकास प्याकुरेल ,होमप्रसाद दाहाल र खडगबहादुर पाण्डे चयन भएको नव निर्वाचित वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । संघको नेतृत्व ४ बर्षे कार्यकालको हुने छ ।

संघका जिल्ला अध्यक्ष देउमान लिम्बुको अध्यक्षतामा भएको अधिबेशन उद्घघाटन सभामा संघका जिल्ला सचिव गान्धि भण्डारीले सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष महेन्द्र भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन बन्द सत्रले सुझावसहित पारित गरेको थियो । कांग्रेसका पूर्व जिल्ला उपसभापति राम कट्टेलको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घघाटन सभामा पार्टी पूर्व जिल्ला उपसभापति देउमान थेवे, संघका केन्द्रीय महासचिव धर्म भण्डारी, ट्रेड यूनियन महासंघका पूर्व केन्द्रीय अध्यक्ष लक्ष्मण बस्नेतलगायतले यातायात मजदुरहरुको पेशागत हकहितका बारेमा बोलेका थिए ।

854 total views, 0 views today

तपाईको प्रतिक्रिया