उद्योगवाट निस्कने धुलो नियन्त्रण गर्न पटक पटक आग्रह गरेपनि सुनवाइ नभएको भन्दै स्थानीय वासिन्दाले शुक्रबार तालावन्दी गरेका थिए । मङलबारसम्म पनि ताला नखुलेको धनकुटाका सन्चारकर्मी नारायण राइले जानकारी दिए ।उद्योगवाट निस्कने धुलोले किसानले रोपेको तरकारी, खानेपानी प्रदुषित भएको , पशुपंक्षी र मानिस समेत बिरामी  हुन थालेकोले उद्योगमा अनिश्चितकालीन ताला लगाएको स्थानीय दिपक गुरुङले बताए ।
तरकारी उत्पादनको पकेट क्षेत्र सिधुवा आसपासका गाउँमा रायो साग, काउली र बन्दामा सिमेन्टको धुलोले असर  गर्ने गरेको छ । सिमेन्ट उद्योगबाट निस्केको गन्धले गाउँका मानिसमा टाउको दुख्ने, वान्ता आउने लगायतको समेत समस्या बढेको स्थानियले  बताएका छन्
 ।
घाँस र विरुवाको पातमा सिमेन्टको धुलो टाँसिएपछि गाई बस्तुले स्थानीय घाँस खान छाडेको र पालेको गाईभैसीमा गर्भाधान हुन छाडेको  समेत उनीहरुको आरोप छ । यो उद्योगका कारण नामजाङ, सल्ले, जोरपाटी, सिधुवाबजार, चपरीचौक लागायत गाउँ प्रभावित भएको स्थानियको भनाई छ ।

3,753 total views, 2 views today

तपाईको प्रतिक्रिया