बेलबारी । मोरङको पुरानो र ठुलो हटियाका रुपमा परिचित बेलबारीको सोमबारे हटिया फोहोर र अब्यबस्थित बनेको भन्दै ब्यबसायीहरुले बजार बन्द गरेर बिरोध गरेका छन् ।

स्थानीय ब्यबसायी हरि लोहनीले सोमबारे हटिया लाग्ने ठाँउमा फोहर फालेको भन्दै ब्यबसायीहरुले लोहनीलाई कारबाही र क्षतिपुर्ति तिर्न माग गर्दै बजार बन्द गराएका हुन्  ।
लोहनीले हटिया लाग्ने ठाँउमा शौचालयको फोहर समेत फालेको भन्दै अन्य ब्यबसायीहरुले फोहर ब्यबस्थापन गर्न र उनलाई कारबाही गर्न माग गर्दै बजार बन्द गराएका छन् ।

बजार बन्द भएपछि  बेलबारी वडा नम्बर १ का अध्यक्ष चक्र खुलाले लोहनीलाई कारबाही गर्ने भन्द्यै माफी मागेपछि अन्य ब्यबसायीहरु मत्थर भएका थिए । तर मध्याह्न १२ बजेसम्म पनि सब्जी र पशु बजार बाहेक बजार क्षेत्र सुनसान थियो ।
ब्यबसायीहरुले लोहनीलाई कारबाहीको माग सहित आफुहरुले आजको क्षतिपुर्ति पाउनुपर्ने दाबी समेत गरेका छन् । उनलाई कारबाही नगरे र क्षतिपुर्ति नपाए अर्को हप्ता समेत बजार बन्द गर्ने चेतावनी दिएका छन् ।
ब्यबसायी सुनिल खनालले लोहनीका कारण आफुहरुले पिडा सहनुपरेको र आफनो ब्यबसाय क्षति भएका कारण उनले क्षतिपुर्ति तिरेर माफी माग्नुपर्ने बताए । अर्का ब्यबसायी नवराज सुवेदीले बजार ब्यबस्थित पार्न सम्बन्धित पक्षको ध्यान नगएको भन्दै बजार ब्यबस्थित गर्न माग गरेका छन् ।
यस बिषयमा वडाअध्यक्ष खुलालले यो घटनाले आफु दुखी भएको र लोहनीलाई बोलाएर स्पष्टीकरण सोधिने र ब्यबसायीहरुको माग सम्बोधन गर्ने बताएका छन् । पछिल्लो समय बेलबारी बजार अब्यबस्थित बन्दै गएको छ । – बेतना दैनिकको सहयोगमा

1,792 total views, 0 views today

तपाईको प्रतिक्रिया