काठमाडौँ /गायिका सरु राई सरस्वती को आवाजमा झ्याई झ्याई बोलको गीत सार्वजनिक भएको छ ।

पछिल्लो समयमा निकै नै नयाँ नयाँ गीत सङ्गीत आउने क्रममा यो गीत एकदमै फरक र अलगधार शैलीको छ ।

गीतमा शब्द तथा सङगीत पनि स्वयम सरु राई सरस्वती रहेको छ । गीतलाई एरेन्ज भने प्रदिप जोशीले गरेका छन् ।

युवराज वाइवाको निर्देशन उत्सव रसाइलीको छायाँकन तथा निशान घिमिरेको सम्पादन रहेको उक्त गीतको भिडियोमा निराजन र एलिसालाई देख्न सकिन्छ ।

गीतको शब्द तथा सङ्गीत अनुसार निराजन र एलिसाले अभिनयमा साथ दिन सफल भएका छन् । फरक धारको यस गीत सबै दर्शक तथा स्रोताले मन पराउने आशा निर्माण टिमले लिएको छ ।

1,320 total views, 0 views today

तपाईको प्रतिक्रिया