पथरी, मोरङ ।  पथरी उद्योग वाणिज्य संघको चुनावी साधारणभासमा अध्यक्ष पदका लागि धनकुमार तामाङ र दीपक बस्नेतले उम्मेदवारी  घोषणा गरेका छन् ।

पथरीमा अलग अलग पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले उम्मेद्वारी घोषणा गरेका हुन् । उद्योग वाणिज्य संघ पथरीका वर्तमान अध्यक्ष तामाङले आफ्नो उम्मेद्वारी पुनः घोषणा गरेका छन्  ।
पत्रकार सम्मलेनमा तामाङले व्यापारीहरुको हकहितको लागि आफू निरन्तर लागिपरहने र  असम्भव कार्यहरुलाई आफूले सम्भव बनाउने दाबी गरे ।  व्यापारी र समाजको हितका लागि पर्यटन प्रवद्र्धन लगायतको कार्य गर्ने प्रतिवद्धता जाहेर गरेका छन्  । आफ्नो कार्यकालमा अधुरा रहेका कार्यलाई पुर्णता दिन, व्यापार संघको भवन निर्माण गर्ने र छिमेकी नगर र गाउँ संगको व्यापारीक मार्गको लागि मित्रता बढाई व्यापार वृद्धिमा जोड दिने योजनाका रहेको उनलेे बताए ।
त्ययसैगरी उद्योग वाणिज्य संघ पथरीको चुनावी साधारणभाका लागि दीपक बस्नेतले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । सोमबार पथरीशनिश्चरे–१ मा पत्रकार सम्मेलनको आयोजना गर्दै  बस्नेतले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।
पत्रकार सम्मलेनमा पथरीशनिश्चरे यस क्षेत्रको व्यापारीहरुको हकहितको लागि आफू निरन्तर लागिपरहने र भावी दिनमा व्यापार संघले गर्ने कार्यहरु प्रति दृढताका साथ लागिपर्ने प्रतिवद्धता जाहेर गरे । हार्डवेेेेयर ब्यबशायी बस्नेतले

पथरी उद्योग बाणिज्य संघमा रही बस्नेतले दुई कार्यकाल सदस्य पदमा रही व्यापारीको हितका लागि आफ्नो कार्य देखाइसकेको बताए । ७ सय ४४ मतदाता रहेको  वाणिज्य संघ पथरीको चुनावी साधारणसभा यही माघ २८ र २९ गते हुदैछ ।

954 total views, 0 views today

तपाईको प्रतिक्रिया