काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले   गरेको घोषणाले नेपालीलाई पनि असर गर्ने भएको छ ।

‘स्टेट अफ द युनियन’ लाई सम्बोधन गर्दै ट्रम्पले   सार्वजनिक गरेका योजनाले त्यस्तो असर पार्ने भएको हो । योजनामा उनले १८ लाख आप्रवासीलाई नागरिकता दिने, सीमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई कडा बनाइने,  ग्रीन कार्ड लोटरी भिसालाई अन्त्य गराउने र चेन माइग्रेसनलाई निरुत्साहित गर्ने घोषणा गरेका छन् ।

त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।डीभी भिसा अन्तर्गत नेपालबाट पनि वर्षमा ४ हजार नेपाली अमेरिका पुग्ने गरेका छन् । ट्रम्पको घोषणा कार्यान्वयनमा आएपछि यो सबै प्रक्रिया बन्द हुनेछ ।

अमेरिकाले हरेकवर्ष ५० हजार विदेशीलाई डीभी भिसामार्फत लैजाने गरेको छ ।

1,750 total views, 2 views today

तपाईको प्रतिक्रिया