गाेपाल काफ्ले पथरी, मोरङ / मोरङको पथरीशनिश्चरे ५ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वर्ण महोत्सव शुरु भएको छ ।

शनिबार कांग्रेस नेता डा.मीनेन्द्रप्रसाद रिजालले महोत्सव उद्घाटन गर्नुभयो । महोत्सव उद्घाटन गर्दै रिजालले शैक्षिक बिकासका साना तिना काम लिएर अब सिंहदरबार पुग्नु नपर्ने बताउनु भयो  । नेता रिजालले शाैक्षिक बिकासमा स्थानिय तहमा रहेरै  याेग्दान पुराउने बताउनु भयो ।
प्रतिनिधि सभामा सोही क्षेत्रबाट निर्वाचित नेता रिजालले नीजि विद्यालय फस्टाउँदै जाँदा सरकारी विद्यालयको स्तर खस्कदै जानु राज्यको चिन्ताको विषय भएको बताउनु भयो । सरकारी निकायको प्रत्यक्ष अनुगमनको अभावले सरकारी विद्यालय संकटमा परेको उल्लेख गर्दै अब स्थानीय निकायबाटै अनुगमन तथा नियमन हुने भएकोले सुधार्दै ल्याउने बताउनु भयो ।
सरकारी संरचनाको बिकासका लागि हरेकले राजनीति भन्दा माथि उठ्न आवश्यक रहेको औंल्याउँदै डा. रिजालले भन्नुभयो –‘सरकारी विद्यालयलाई शिक्षकले जागीर खाने र राजनीति गर्ने ठाउँका रुपमा र विद्यार्थीले अल्मलिने ठाउँका रुपमा मात्र लिनु हुँदैन ।
कार्यक्रममा प्रदेश सभाका सभासद लीलाबल्भव अधिकारी,शेखरचन्द्र थापा राष्टिय खेलकुद कर्मचारी संघका अध्यक्ष रन्जन थापा लगायतका वक्ताले शुभकामना ब्यक्त गर्नु भएको थियो । स्वर्ण महोत्सव समारोहका अवसरमा विद्यालयलाई जग्गादिने जग्गादाता,विद्यालयका पूर्व प्रधानाध्यापक, सञ्चालक समितिका पूर्व अध्यक्ष र स्थानीय वृद्ध–वृद्धा र अपाङ्गता भएका ब्यक्तिलाई सम्मान गरिएको थियो ।

स्वर्ण महाेत्सवकाे अवसर पारेर बिध्यालयले बिध्याथी बिच बिबिध कार्यक्रम गरि पुरस्कृत समेत गरेकाे थियाे । उक्त बिध्यालयबाट शिक्षा अार्जन गरि देशकाे उच्च अाेदामा रहेका बिध्याथीकाे समेत कार्यक्रममा उपस्थिती रहेकाे थियाे । कार्यक्रम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गजेन्द्रबहादुर अधिकारीके सभापतित्वमा कार्यक्रम समापन भएको थियो ।
स्वर्ण महाेत्सवकाे अवसर पारी पुर्व बिध्याथी खगेन्द्र बस्नेकाे नेत्रित्वमा पथरी लायन्स क्लवले ३० जना गरिव तथा जेहेन्दार बिध्यार्थीलाई बिध्यालय पाेसाक समेत बितरण गरेकाे थियाे ।
२०२४ साल माघ २० गते पंञ्चमीकाे अवसरमा स्थापना भएको अमरसिंह माविमा हाल कक्षा १ देखि १२ सम्म अाईपुग्दा ८ सय विद्यार्थी अध्ययनरत छन् ।

1,474 total views, 0 views today

तपाईको प्रतिक्रिया