रामकुमार परियार 
अबुधाबी – स्थापनाको छोटो समयमै युएईका अब्बल संस्थाहरु मध्ये अग्रणी स्थान बनाउन सफल झापाली समाज युएईले शुक्रवार अबुधाबीमा वनभोज कार्यक्रमको आयोजना गरेको छ ।
संस्थामा आवद्ध सदस्यहरु बिच एकता , मिलन र सहकार्य बढाउने उद्देश्यले झापाली समाजले वर्सेनि वनभोज कार्यक्रमको आयोजना गर्दै आएको छ ।
शुक्रबार अबुधाबीको खालिफा पार्कमा आयोजित वनभोजमा झापाली समाज आवद्ध र अन्य संघसंस्थाका गरि ६ सय बढी नेपाली सहभागी भएका थिए ।
युएईका विभिन्न प्रान्तमा छरिएर रहेका सदस्यहरुलाई एउटै थलोमा भेला गरि एकआपसमा घुलमिल तथा संबन्ध सुदृढीकरणका निम्ति फलदायी हुने विश्वासका साथ वनभोज कार्यक्रमको आयोजना गरिएको झापाली समाजका केन्द्रिय सचीव जगत लुईटेलले बताए ।
वनभोजमा शुद्ध नेपाली परिकारको स्वाद लिंदै पुर्ण सांगीतिक मनोरंजन भएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका थिए । कार्यक्रममा मुख्य प्रायोजकका रूपमा युएई एक्सचेञ्ज , नमस्ते किचन , नेपाली प्रवाशी बचत तथा लगानी कोषले विशेष पुरस्कर उपलब्ध गराएका थिए ।
वैदेशिक रोजगारीका क्रममा झापा जिल्लाबाट युएई आएका ३ सय बढी सदस्य आवद्ध झापाली समाज आयतनका हिसाबले युएईकै ठूलो सामाजिक संस्था मध्येको एक हो ।
गृह जिल्लाकै सामाजिक संस्थाले प्रवासमा खेलेको सामाजिक भुमिका र गतिविधि देखेर आफुलाई गर्व लागेको युएई एक्सचेञ्जका प्रतिनिधि सन्तोष प्रसाईले बताए ।

विभिन्न खेलकुद प्रतियोगीता संपन्न

वनभोज कार्यक्रमलाई पुर्ण सहभागी मैत्री बनाउने उद्देश्यले विभिन्न प्रतियोगिताहरु  समेत आयोजना गरिएको थियो ।
कार्यक्रममा खुला ईन्ट्री प्रणालीबाट हुण्डि फुटाई , म्युजिकल चेयर , भाले जुधाई , बेलुन फुटाई तथा नृत्य प्रतियोगिता आयोजना गरिएको थियो ।
हुण्डि प्रतियोगितामा दुबईका हेलेन राउत विजयी भए । त्यस्तै म्युजिकल चेयरको पुरस्कार सावित्रा शिवाकोटीले जितिन । यसैगरी निकै प्रतिस्पर्धात्मक रहेको बेलुन फुटाई प्रतियोगीतामा मिना तामाङ विजयी भईन ।
यस्तै भाले जुधाई प्रतियोगितामा जमल हुसैन विजयी बने । नृत्य तर्फको प्रथम पुरस्कार झरना राईले जितिन भने दोस्रो पुरस्कार विक्रम मगरले हात पारे यसैगरी  मनोज र अंकिताको जोडीले तेस्रो पुरस्कर जिते । शान्तावना पुरस्कार दिपा मगरले प्राप्त गरिन ।
यी प्रतियोगिताका विजयीहरुलाई झापाली समाजका क्षेत्रीय समितीहरुले पुरस्कारको प्रायोजन गरेका थिए ।

३ सय ५० जनाले गरे निशुल्क स्वास्थ परिक्षण

झापाली समाजको वनभोजमा सहकार्य गर्दै लाईफकेयर अस्पताल अबुधाबीले वनभोज स्थलमै ३ सय ५० जनाको निशुल्क स्वास्थ परिक्षण गरेको छ ।
लाईफकेयर अस्पताल मुसाफाका मार्केटिङ एक्ज्युकेटिभ रंजिना गुरुङको नेतृत्वको टोलिले वनभोजमा उपस्थित नेपालीहरुको निशुल्क स्वास्थ परिक्षण गरेको थियो ।
 प्रवाशमा आफ्नै देशका दाजुभाई , दिदिबहिनीहरुको सेवा गर्न पाउँदा निकै खुसी लागेको रंजिनाले बताईन । उनले सबैलाई स्वास्थ जस्तो संवेदनशील विषयलाई हेल चक्राई गर्न नहुने बताउँदै सबैलाई व्यक्तिगत सरसफाई र स्वास्थमा सजग रहन सुझाव दिईन ।

मृगौला रोगि पत्रकार माया पकुवालका लागि सहयोग संकलन

वनभोज कार्यक्रममा दुवै मृगौला फेल भई उपचाररत नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य माया पकुवालको उपचार सहयोगार्थ झापाली समाज युएईका सदस्यहरुबाट १ हजार ८८ दिराम संकलन गरिएको छ ।
पकुवाल दुवै मृगौला खराब भएर भक्तपुरमा रहेको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेकी छिन् । माया पकुवाल भद्रपुरबाट प्रकाशित बरुण साप्ताहिकमा सम्पादक हुन्  ।
 कार्यक्रमका केही तस्विरहरु :
 

7,398 total views, 2 views today

तपाईको प्रतिक्रिया