काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल प्रहरीका असई कुल बहादुर राई २० किलो अबैध सुनसहित पक्राउ परेका छन् ।

राईलाई केन्द्रिय अनुसन्धान ब्युरो र अपराध महाशाखाको संयुक्त टोलीले बालुवाटारस्थित उनकै कोठाबाट नियन्त्रणमा लिएको हो ।

‘कुल बहादुर राई र अर्का एकजना अवैध सुनसहित पक्राउ परेका छन्’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले भने, ‘आवश्यक कारवाहीका लागि हामीले राजस्वमा बुझाएका छौं ।’

बिहीबार बिहान प्रहरी सहायक निरीक्षक राई एयरपोर्टमा ड्युटी अफिसर थिए । सादा पोशाकमा ड्युटी गरिरहेका राईले कतारबाट परवेज आलमले ल्याएको अवैध सुन गोल्डेन गेटबाट पास गराएका थिए ।

त्रिभुवन विमानस्थलको रनवेबाट सिधै डोमेस्टिक टर्मिलनमा सुन लगेर राखेका राईले साँझपख उक्त सुन रसियन एम्बेसीको पछाडिपट्टि रहेको आफ्नो डेरामा लिएर गएको प्रहरी अनुसन्धानबाट खुलेको छ । – (Radio Kathmandu )

996 total views, 0 views today

तपाईको प्रतिक्रिया