बेलबारी, मोरङ ।  बेलबारी नगरपालिका भरीका  बिद्यालयहरुबीच गरिएको लोकनृृृत्य प्रतियोगितामा बेलबारी २ को कबिर माध्यमिक बिद्यालय प्रथम भएको छ ।

बेलबारी १ स्थित जनता आधारभुत विद्यालयको स्वर्ण महोत्सबको दोस्रो दिन बेलबारीभरीका  ३६  बिद्यालयहरुबीच  गराइएको प्रतियोगितामा  कबिर प्रथम भएको हो ।
प्रतियोगितामा बेलबारी ११ को लक्ष्मी माध्यमिक बिद्यालय द्धितिय र बोराबाँधको बिरेन्द्र मावि तृतिय भएका छन् । प्रतियोगितामा प्रथम हुनेले  ५ हजार ५ सय ५५ नगद र सहित ट्रफी सहित प्रमाणपत्र,  द्वितीयले ३ हजार ३ सय ३३ नगद सहित ट्रफी र प्रमाणपत्र तथा तृतीयले २ हजार २ सय २२ नगद,ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।
यसैगरी प्ररतियोगितको म्यान अफ दी लोकनृत्य बेलबारी ३ को भगवती माबिका अभिमान सुवेदीले प्राप्त गरेका छन्  । उनले १ हजार १ सय ११ रुपैया  नगद, ट्रफी सहित प्रमाणपत्र प्राप्त  गरेका छन् ।

कार्यक्रममा संगीतकार जेबी थुलुङ र राजु बस्नेत निर्णायक रहेका थिए । प्रतियोगितामा १० वटा बिद्यालयले भाग लिएका थिए । माघ १७ गते शुरु भएको जनता आधारभूत स्कुलको स्वर्ण महोत्सव शुक्रवार समापन गर्ने कार्यक्रम छ ।

2,153 total views, 2 views today

तपाईको प्रतिक्रिया