सन्जय मित्र, रौतहट/रौतहटको सन्तपुर गाउँमा धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माण गरेको ‘सन्तपुर बस्ती’ को निर्माण सम्पन्न भएको छ ।

घर र सामुदायिक भवन निर्माणको काम सकिएको र भ्यू टावर निर्माणको काम अन्तिम चरणमा पुगेको फाउण्डेशनले जनाएको छ ।बस्तीमा ४५ घरका साथै एउटा सामुदायिक भवन र एउटा भ्यू–टावर समेत रहेको छ ।

बस्ती निर्माणको लागि पाँच करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । तर, ७५ लाख रुपैयाँ अपुग भएको फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले बताएका छन् ।

बस्ती निर्माणका लागि फाउण्डेशनलाई देश तथा विदेशमा रहेका नेपालीहरुले सहयोग गरिरहेका छन् ।

भूकम्प प्रतिरोधी प्रत्येक घर दुई तले छन् । प्रत्येक घरमा अट्याच्ड बाथरुम र शौचालयको व्यवस्था छ ।

हरेक घरमा एउटै डिजाइन र रंगको प्रयोग गरिएको छ । बाढी पस्न नसक्ने, पानीको निकास र उज्यालो कोठा सहितको पुरै बस्ती अपाङ्ग तथा बालमैत्री संरचनामा निर्माण गरिएको छ ।

२३ माघमा बस्ती हस्तान्तरण कार्यक्रम रहेको फाउण्डेशनले जनाएको छ ।  – हिमाल खबरबाट

 

1,519 total views, 2 views today

तपाईको प्रतिक्रिया