एजेन्सी । विश्वका सबैभन्दा अग्ला पुरुष र सबैभन्दा होची महिलाको भेट भएको छ । 

बिश्वकै अग्ला ब्यक्ति टर्कीका सुल्तान कोसेन र विश्वकै होची महिलाको रुपमा रहेकी भारतकी ज्योति अम्गेबीच इजिप्टमा भेट भएको हो  । सुल्तान कोसेनको उचाई ८ फिट १ इन्च छ भने ज्योतिको उचाई २ फिट अग्लो छ ।

इजिप्टको पर्यटन प्रबर्दन बोर्डको निम्तामा यो जोडी इजिप्ट पुगेको थियो । त्यसक्रममा उनीहरुले गिजाको पिरामिडमा पुगी गज्जबको फोटोसुट गरे । भेटघाटका क्रममा उनीहरूले गरेको  फोटोसुट दुनियाँकै लागि रोमााञ्चक बनेको छ ।

सन् २०११ मा दुवैजनाले अग्लो र होचोमा बिश्व  रेकर्ड कायम गरेका थिए । त्यो रेकर्ड  अहिलेसम्म तोडिएको छैन ।

 

4,768 total views, 4 views today

तपाईको प्रतिक्रिया