धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका वडा नं. ७ सिँधुवा बजारमा सामाजिक सञ्जालवाट आर्थिक रकम सहयोग जुटाएर खेलमैदान निर्माण सुरु गरिएको छ ।
पूर्व फुटबलर लक्ष्मीनारायण श्रेष्ठको अगुवाइमा सामाजिक सञ्जाल फेसवुकमा ‘म बनाउँछु मेरो खेल मैदान’ अभियानबाट सहयोग जुटाएर खेलमैदान निर्माण कार्य सुरु गरिएको हो ।राष्ट्रियस्तरको खेलमैदान निर्माण गर्ने लक्ष्य सहित सरस्वती माध्यमिक विद्यालयको करिव १५ रोपनी जग्गा प्रयोग गरिएको छ ।अभियानवाट हालसम्म ३० जना सहयोगीदाताबाट तीन लाख रुपैया संकलन भइसकेको छ । अहिले खेल मैदान सम्भाउन मात्रै १० लाख रुपैया बजेटको आवश्यक छ ।सामाजिक सञ्जालको अभियानबाट १० लाख रुपैया सहयोग जुटाउने लक्ष्य लिइएका क्लव अध्यक्ष दिवेश खड्काले जानकारी दिनुभयो । खेलमैदान निर्माणको लागि अमेरिका, अष्ट्रेलिया, जापान, कोरिया, कतारमा रहेका खेलप्रेमीवाट सहयोग जुटिरहेको छ ।

त्यस्तै छथरजोरपाटी गाउँपालिका वडा नं. ७ वडा कार्यालयले पनि खेल मैदान निर्माणमा २ लाख ५० हजार रुपैया सहयोग गरेको छ । राष्ट्रिस्तर मापदण्ड अनुसार नै खेलमैदानको लम्वाइ १ सय मिटर र चौडाइ ६० मिटर हुनेछ ।

‘अहिले स्काइभेटर र डोजरले मैदान सम्याउन काम भइरहेको छ । सहयोग रकम जुटे प्याराफिट, दुबो, मञ्च लगायत संरचना निर्माण गर्ने जनाएइको  छ । – हिमशिखर टीभीबाट

2,865 total views, 2 views today

तपाईको प्रतिक्रिया