ठाकुरप्रसाद बराल 

कुरा काट्नेहरुलाई

न त तलब चाहिन्छ, न त भत्ता नै,

काटिरहेकै देख्छु दिन रात नभनी ।।

कुरा काट्न
न त खुकुरी चाहिने ,न त हंसिया नै,
मौका पायो कि काटिहाल्यो, धमिराले काठ काटेझैं ।

देउता जप्दा
बरु कपट होला, ध्यान भंग होला
सुद्ध मन र बिना कपट कुरा काटेकै छन् ।

बिना तलब सफा मनले कुरा काटेझैं काम काट्ने हो भने

यो मुलुक्का युबाहरुले किन बिदेसिनु पर्थ्यो ?

६५ बर्ष नपुग्दै बृद्वमा दर्जिएर राजनीतिक पार्टीको
भोट बैक किन बन्नु पर्थ्यो ?

खाना खाँदा होस् वा मेला जाँदा
अफिस भित्र होस् वा बाट बाटैमा

समयको निशानी पनि छैन कुरा काट्नेहरुको

हामी बेरोजगार कहाँ छौ र ?
बिना भत्ता शुद्ध  मन र वचनले पेशा पाएकै छौ
कुरा काट्ने

थप भत्ता पनि मागेनौ, कहिले ओवर टाईम पनि भनेनौ कहिले

अबेर र हतार पनि भनेनौ कहिले

अप्ठ्यारो छ पनि भनेनौ कहिले

पायो कि काटिहाल्यो

तरबारभन्दा धारिला छन् हाम्रा दिमागहरु ।

बरु ब्लेडहरु भुत्तिन्छन्, बरु हातहरु थाक्छन्
तिखा धारिला हाम्रा ओठहरु कहिले थाक्दैनन् ।

भो भैगो
कुरा काट्ने ओठहरुका कुरा नकाटौ
बिना तलब भत्ता, सुद्ध मनले हाम्रो नाम भज्नेहरु
स्वर्गबास हून् , यही कामना गरौँ ।।

54 total views, 0 views today

तपाईको प्रतिक्रिया