स्पेनिस ला–लिगामा अफ्ट्यारो स्थानमा रहेको रियल म्याड्रिडले शनिबार भएको खेलमा भ्यालेन्सियालाई ४–१ ले हराएको छ  ।

भ्यालेन्सियाको मैदानमा रियललाई जित दिलाउनका लागि क्रिष्टियानो रोनाल्डोले १६ औं र ३८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै  पहिलो हाफमा  २–० को अग्रता दिलाएका थिए ।

 

खेलको ५८ औं मिनेटमा सान्टी मिनाले गोल गर्दै रियलको अग्रता २–१ मा छोट्याएका थिए । तर  ८४औं मिनेटमा मार्सेलोले र ८९ औं मिनेटमा टोनी क्रुजले गोल गर्दै रियललाई  जित दिलाएका थिए  ।

जितसँगै रियलले ३८ अंक बनाएको छ भने भ्यालेन्सिया ४० अंकसहित तेस्रो स्थानमा यथावत नै छ ।

1,208 total views, 2 views today

तपाईको प्रतिक्रिया