एजेन्सी / अमेरिकाको लस भेगासमा फोल्ड गर्न मिल्ने इलेक्ट्रीक  स्मार्ट स्कुटर लञ्च भएको छ।

  स्कुटरको तौल ३२ किलोग्राम मात्र छ। कम तौल र घडी समेत भएका कारण यो स्मार्ट स्कुटरलाई जता पनि लैजान सकिन्छ।  स्कुटरलाई हल्का बनाउन आधुनिक धातुले बनेको चक्का र कार्बन फाइबरयुक्त पाटपूर्जा प्रयोग गरिएको छ।

युजेटमा ‘एडप्टिभ एलइडी हेडलाइट’, ‘एलइडी ब्रेक लाइट’ र ‘टेल लाइट’ को प्रयोग भएको छ। स्कुटरमा ३ वटा राइडिङ मोड्स (इको, नर्मल र स्पोर्ट) समावेश गरिएको छ । स्कुटरको चक्कामा बेरिङ छैन्।

युजेटमा दुईवटा ब्याट्री उपलब्ध छ, जसमा एउटा ब्याट्रीबाट ७० किलोमिटर र अर्कोबाट १ सय ५० किलोमिटर चलाउन सकिन्छ। स्कुटरलाई निकै छिटो चार्ज गर्न मिल्छ। यही स्कुटरको सहयोगले अर्को डिभाइस पनि चार्ज गर्न सकिन्छ। यसमा स्मार्टफोन ‘कनेक्ट’ गरेर ‘म्युजिक प्लेयर’ को  मज्जा पनि  लिन सकिन्छ ।

युजेटमा नयाँ कम्युनिकेशन प्रणाली प्रयोग गरिएको कारण थ्रिजी, जिपिएस, वाइफाई र ब्लुटुथ पनि चलाउने सुविधा छ । बाटोमा कुनै किसिमको समस्या आइपर्यो भने त्यसको समाधानका लागि स्कुटरमा भएको ‘फुल–डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल’ लाई मोबाइल डिभाइसमा जोड्न सकिन्छ।

कम्पनीले स्कुटरको उत्पादन २०१७ बाट सुरु गरेको थियो। यो स्कुटरको विक्री पहिले युरोपमा र त्यसपछि एशियामा गर्ने तयारी कम्पनीले गरेको छ। – (नेपाल लाइभको सहयोगमा)

1,313 total views, 2 views today

तपाईको प्रतिक्रिया