भूकम्पबाट घरबार गुमाएका परिवारलाई पाँच वर्षभित्र नयाँ  वासको व्यवस्था मिलाउने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पदाधिकारी र कर्मचारी पीडितका नाममा करोडौं खर्चदै विदेश भ्रमणमा  जाने गरेको पाइएको छ ।

६ लाख ७७ हजार ४ सय ३८ भूकम्पपीडित अहिले पनि जस्ता र त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य छन् । तर पछिल्लो एक महिनामा मात्रै प्राधिकरणका कर्मचारीको विदेश भ्रमणमा राज्यकोषको दुई करोड ७० लाख सकिएको छ ।

५० कर्मचारी थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्सको भ्रमणमा रमाएका छन् । थाइल्यान्डमा उनीहरूले समुद्री आँधी सुनामी र त्यसको जोखिमबारे अध्ययन गरेको बताएका छन्, जबकी नेपालमा त्यसको कुनै जोखिम नै छैन,  नयाँ पत्रिकामा  खबर छ ।

108 total views, 2 views today

तपाईको प्रतिक्रिया