केशु विरही, बेलबारी (मोरङ) /  गरिव तथा विपन्न बालबालिकाकाे सर्वाङ्गिण विकासकाे उद्देश्यका साथ स्थापना भएकाे बाल बिकासको लागि संगठन (अर्किड), बेलबारी, माेरङले पछिल्लाे समयमा अाफूलाई बालवालिका लागि एक असल अभिभावककाे रुपमा उभ्याउन सफल देखिएकाे छ ।

तीन वर्ष अघि मात्र बेलबारी -२, लालभित्ती, माेरङमा कार्यालय स्थापना गरेर काम गर्न थालेकाे यस संस्थालाई बेलबारीमा स्थापना गर्नमा नवराज पाेखरेलकाे प्रमुख हात रहेकाे छ । पाेखरेल  हाल सि पि सि एस इन्टरनेसनलका राष्ट्रिय उपनिर्देशक रुपमा कार्यरत छन् । उनी स्थानीय बासिन्दा हुन् । स्थानीय बासिन्दा भएकै कारणले याे संस्था बेलबारीमा स्थापना गर्न सकिएकाे जानकारहरु बताउछन् ।

पाेखरेल सि पि सि एस इन्टरनेसनलकाे राष्ट्रिय उपनिर्देशककाे रुपमा काठमाडाैँमा कार्यरत रहेका हुनाले अर्किडकाे याे शाखालाई बेलबारी -२, लालभित्ती निवासी रेवती तिवारीले संहाल्दै अाएका छन्।

स्थापनाकाल देखिनै गरिव तथा बिपन्न परिवारका बालबालिका हरुलाई बिधालयसम्म जाने बातावरण बनाउने कामका लागिपरेको यस सस्थाले बालबालिकाहरुका लागि दैनिक खाजा, खेलकुद, परामर्श, स्वास्थ्य उपचार लगाएत बिबिध सहयोग गर्दै आइरहेको छ ।

हालसालै मात्र यस संस्थाले जाडाेलाई मध्यनजर राख्दै बेलबारी, सुन्दरहरैचा, कानेपाेखरी, इटहरी, सुरुङ्गा तथा विर्तामाेडका बिभिन्न बिधालयमा अध्ययनरत २२१ जना बालबालिका हरुलाई स्विटर तथा मोजा बितरण गरेको छ ।

यस संस्थाले एक वर्षअघि मात्र मृगाैला सम्वन्धी राेगबाट ग्रसित भई उपचारकाे अभावमा अाेछ्यानमै छट्टपटाइलरहेका बेलबारी नगरपालिका वार्ड न -२, लालभित्तीका भूवन बाराकाेटीलाई अाफ्नाे प्रमुख दाता संस्था सि पि सि एस इन्टरनेसनलकाे सहयाेगमा नयाँ जीवन प्रदान गरेकाे थियाे ।

वाढिले अाहात भएकाे वेलामा हाेस वा पाेशाकका अभावमा विद्यालय जानबाट वन्चित भएका बालबालिकालाई पाेषाक तथा खाजा प्रदान गरेर हाेस् यसले अाफू अभिभावक हुनुकाे दावित्व वहन गर्दै अाएकाे छ ।

697 total views, 0 views today

तपाईको प्रतिक्रिया