सुनसरी/मोफसलकै सर्वाधिक पुरस्कार राशीको सुनसरीमा जारी मदन भण्डारी मेमोरिय इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् ।

चार वर्ष पछिको भेटमा यी दुई क्लवले जितको दावी गरेका छन । आयोजक राष्ट्रिय जागृति क्लवले हिजो गरेको पत्रकार सम्मेलनमा बोल्दै थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले थ्रिस्टार डेढ वर्षपछि खेलमा फर्किएकाले पनि पूरानो लयमा फर्किएको देखाउन पनि जित निकाल्नु पर्ने अवस्था रहेको वताउनु भयो । यस्तै मनागंका प्रशिक्षक छिरीङ लोप्सागंले पनि थ्रिस्टारसंग चार वर्षपछि भएको भेटमा जित निकाल्ने खेल रणनिती सहित खेलाडीहरुलाई मौदानमा उर्ताने वताउनु भयो ।

थ्रिस्टारले त्रिभुवन आर्मी क्लवलाई हराउदै फाइनल यात्रा तय गरेको हो भने मनागंले कोलकोत्ताको गरिफा युनाइटेड क्लवलाई हराउदै थ्रिस्टारसंगको भेट पक्का गरेको हो ।

गरिफा स्पोर्र्टी क्लब कोलकातालाई पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो । उपाधि विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख तथा उत्कृष्ट खेलाडीले एक थान मोटसाइकल प्राप्त गर्नेछन् ।

944 total views, 0 views today

तपाईको प्रतिक्रिया