बलिउड सुपरस्टार सलमान खान फागुनको अन्तिम साता नेपाल आउने भएका छन् ।

 

काठमाडौँको टुँडिखेलमा आयोजना हुन लागेको एक कार्यक्रममा भाग लिन तीन दिनका लागि ऊनी नेपाल आउने भएका हुन् । सलमानको सुरक्षाको निम्ति ५०० निजि सुरक्षाकर्मी तथा ४ सय स्वयंसेवक परिचालन हुनेछन् ।

ओडिसी ईन्टरटेन्मेन्टले आयोजना गरेको  ‘दबंग द टुर’ नामक उक्त कार्यक्रमका लागि सलमान सहित अन्य ७ कलाकारको टोली नेपाल आउने छ । आयोजकका अनुसार कार्यक्रममा सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह र मित ब्रदर्स आउने लगभग पक्का भएको छ । सलमान सहभागी हुने  कार्यक्रमको टिकट दर ३ हजार, ५ हजार र १० हजार हुने  बताइएको छ ।

सलमानको यो दोश्रो नेपाल यात्रा हो । ऊनी सन् १९९४ मा पहिलो पटक नेपाल आएका  थिए । कार्यक्रमको दिन करिब १५०० सुरक्षाकर्मीले कार्यक्रम स्थलमा सुरक्षा दिने जानकारी आयोजकले दिएको छ । – नयाँखोज 24

3,637 total views, 0 views today

तपाईको प्रतिक्रिया