काठमाडौ । युवा गायक रिमेश तामाङको नयाँ नेपाली पप गीत ‘खुल्ला आकाश’ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
पप गीत “खुल्ला आकाश” म्यूजिक भिडियोलाई   युट्यूव च्यानल रिमेश तामाङ मार्फत वाहिर ल्याइएको हो।
सुमन तामाङद्वारा निर्देशित यस भिडियोमा रिमेश तामाङ र क्रिस्टिना थापाले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।
विल्कुलै फरक धारमा निर्मित ‘खुल्ला आकाश’ पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार रिमेश तामाङको संगीत रहेको छ।
त्यस्तैगरी रिमेश तामाङको शब्द र सुमन तामाङको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुमन तामाङले सम्पादन र छायांकन गरेका छन् ।

1,154 total views, 2 views today

तपाईको प्रतिक्रिया