सिजन मिडियाद्धारा पहिलो चोटी आयोजित विवाहीत महिलाहरुको प्रतियोगिता  “लेट मि इन मिसेस व्यूटी क्वीन नेपालका ५ जना विजेताहरु मलेसियाको ५ दिने भ्रमण सकेर नेपाल फर्किएका छन् ।

सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तको नेतृत्वमा ५ जना विजेताहरु सुदीक्षा आर्चाय भट्टराई, दिपीका राय, विष्णुमाया पौड्याल, कृष्टी बाँनिया क्षेत्री , ईश्वरी श्रेष्ठ तामाङ र अम्विका थापा सहितको टोलीलाई आयोजक वन्तले मलेसियाको विभिन्न ठाउँहरु वटुकेभ, गिन्तीङ हाइल्याण्ड, माछा एकुरीयम, जुम्ल्याहा टावरको भ्रमण गराएका थिए ।

उनीहरूले मलेसियामा सामुद्रीक छालमा पौडीको अनुभव पनि लिए ।  विजेताहरुले चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित स्थानीय कार्यक्रममा विभिन्न नृत्य सहित प्रस्तुती पनि दिएका थिए  । 

2,163 total views, 0 views today

तपाईको प्रतिक्रिया