शिव भट्टराई ।  मोरङको सुन्दरहरैंचामा ३२ इन्च होची युवती भटिएकी छिन् । गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउदै आएका सुन्दरहरैचाका रमेश मरर (ऋषिदेव) की २० बर्षिया छोरी  मालती ऋषिदेवको उचाई ३२ इन्च मात्रै छ ।

मालती  अत्यन्त होची भएपनि हालसम्म सार्वजनिक भएको थिएन  । घरको पारिवारिक अवस्था नाजुक भएका कारण बाबु रमेशले  गछिया खोलाको गिट्टी कुटेर जिविका चलाउदै आएका छन् । गरिवी र आर्थिक अवस्थाले पिल्सिएको मरर (ऋषिदेव) परिवार सुन्दरहरैंचाको वडा न. ४ स्थित बडहरा खागटोल साइडमा रहेको एक झुप्रो घरमा जीवन गुजारा गरिरहेका छन् ।

मालती बिश्वमा कतिऔ होची हुन् भन्ने यकिन नभए पनि  बिश्वकै सबैभन्दा होची मध्येमा पर्ने अनुमान गरिएको छ ।

यसअघि नेपाकै स्व. चन्द्रबहादुर डाँगी र  खगेन्द्र थापा मगर  विश्वकै होचा ब्यक्तिको रूपमा बिश्वभर परिचित भएका थिए । स्वर्गीय दिपेन साहलााई  पनि बिश्वकै होचा कलाकार मानिएको  थियाेे ।

आफनो छोरी होची भएकै कारण र सानैमा हिडडुल गर्न नसकेकोले विधालयमा पढाउन नपाएको  बाबू रमेशले बताए । ऋषिदेव परिवारले मालतीको नेपाली नागरिकता बनाउन  जादा जन्मसिद्धको आधारमा नदिएको समेत दुखेसो पोखेका छन् ।

वडाअध्यक्ष  शैलेन्द्र श्रेष्ठका अनुसार रमेशले छोरीको नागरिकता बनाउन सिफारिस लिन खोजेका थिए  । तर १८ वर्ष पुगे पनि  होची र सानै भएको कारणले  जिल्ला प्रशासनमा सिफारिस पठाऊदा जन्मसिद्धको नागरिकता नपाउने आशंकामा सिफारिस बनाइएन । मालतीको परिवारमा आर्थिक समस्या भएकोले गुजारा चलाउन समस्या भएकोले जिल्ला प्रसासन कार्यालय गइ नागरिकता  र अन्य सहयोगका लागि आफुले पहल गर्ने उनले बताए ।

उनी नेपाल या विश्वकै होची युवती हुन सक्ने भन्दै  वडाध्यक्ष श्रेष्ठले प्रचार गरी सहयोग  गरिदिन संचारकर्मीहरुसंग अनुरोध गरेका छन् ।

1,728 total views, 5 views today

तपाईको प्रतिक्रिया