प्ले नेपाल नामक खेलकुद शिक्षण कम्पनीले यही माघ १२ र १३ गते अन्तर बिद्यालय फुटसल प्रतियोगिता आयोजना गरेको  छ ।

काठमाडौँको विभिन्न बिद्यालयहरुका बिद्यार्थीहरुमा खेल संस्कारको विकास गर्ने उदेश्यले प्रतियोगिता आयोजना  गरिएको हो ।  प्रतियोगिता रोयल फुटसलमा दुई ओटा समूह मा संचालन हुने छ।

पहिलो समूहमा कक्ष्या ३,४, र ५ का बिद्यार्थी र अर्को समूह मा कक्ष्या ६ र ७ का बिद्यार्थीहरु बिच प्रतियोगिता संचालन गरिने आयोजकले जनाएको छ | उक्त प्रतियोगितामा काठमाडौँको बिद्यालयहरुको सक्रिय सहभागिता रहने अपेक्षा गरिएको आयोजकको भनाइ छ  |बिस्तृत जानकारीका लागि प्ले नेपाल प्रा लि को [email protected] मा इमेेल गर्न अनुरोध गरिएको छ ।

प्रतियोगिता विवरण

कार्यक्रम : अन्तर बिद्यालय फुटसल प्रतियोगिता
स्थान : रोयल फुटसल
प्रतियोगिता मिति :२०७४ माघ १२ र १३ गते
पुरस्कार : ट्रफी, मेडल तथा प्रमाण-पत्र

570 total views, 4 views today

तपाईको प्रतिक्रिया