माघ ११/ मधुमल्ला,  दीपज्योति युवा क्लब मधुमल्लाको आयोजनामा जारी प्रथम मिक्लाजुङ अन्तर विद्यालय छात्र-छात्रा फुटबल प्रतियोगीताको आज (बिहिबार) सातौैं दिनको खेलमा भानु मेमोरियल अंग्रेजी मा.वि. मिक्लाजुङ–७ लाई ५–० अन्तरले हराउँदै निर्मल सिद्धार्थ अंग्रेजी मा.वि. मिक्लाजुङ–९ सेमीफाइनल प्रवेश गरेको छ ।

खेलको पहिलो हाफमै निर्मल सिद्धार्थका जर्सी नं. १० का रोहन चौधरीले ह्याट्रिक गर्दै खेललाई ३–० ले अग्रता दिलाए । मध्यान्तर पछिको खेलमा निर्मल सिद्धार्थले एकोहोरो दबादमा राख्दै जर्सी नं. ७ का निकेश लिम्बु र जर्सी नं. ११ का मनिष श्रेष्ठले १-१ गोल गर्दै ५–० को फराकिलो अन्तरले जित हात पार्न सफल भए । खेलमा म्यान अफ द म्याच निर्मल सिद्धार्थका रोहन चौधरी घोषित भए ।
भोलिको खेल कालिका मा.वि. मिक्लाजुङ–३, र भगवती मा.वि. मिक्लाजुङ–७ मधुमल्ला साथै छात्रा तर्फको मदर मधुमल्ला अंग्रेजी मा.वि.मिक्लाजुङ–९ र टाँडी मा.वि. मिक्लाजुङ–१ बिच हुने खेल संयोजक नेत्र प्रसाद दाहालले जानकारी दिनु भयो । खेल मनोहर जनता मा.वि. मिक्लाजुङ– ७ को खेल मैदानमा मध्यान्ह २ बजे बाट हुने आयोजकले जनाएको छ ।

818 total views, 2 views today

तपाईको प्रतिक्रिया