झापा / दमकमा आयोजित दमक महोत्सवमा ५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

दमक उद्योग वाणिज्य संघद्वारा आयोजित  प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवमा सो कारोबार भएको हो । दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालका अनुुसार महोत्सवमा करिब एक लाख ५० हजारले महोत्सव अबलोकन गरेका छन् । मङलबार सकिएको महोत्सवमा पाँच करोड रुपैयाँ बराबरको कारोबार भएको ढकालले जानकारी दिए ।

पुष २७ गतेदेखि सुरु भएको महोत्सवमा हेलिकोप्टर, घोडा र ऊँट लगायत घरेलु तथा हस्तकलाका सामानहरू विशेष आकर्षण थिए। महोत्सव अवधिभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूले विभिन्न प्रस्तुति गरेका थिए।

537 total views, 2 views today

तपाईको प्रतिक्रिया