गैरआवासीय नेपाली संघ (एनआरएन) ले  नेपालमा लगानी गर्न १० अर्बको पूर्वाधार कोष  घोषणा गरेको छ।

एनआरएन यूकेले अल्डरसटमा  गरेको एक कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्टले सो कोषको घोषणा गरेका हुन् ।

विश्वभर छरिएर रहेका एनआरएनहरुको सहभागिता रहने कोषको एनआरएनले संयोजन गर्ने उनले बताए। सो कोषका माध्यमबाट गैरआवासीय नेपालीहरुले नेपालमा पूर्वाधार विकासको लाागि लगानी गर्नेछन्।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल, बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल लगायतले सो कोषको घोषणा स्वागतयोग्य रहेको बताए। उनीहरूले गैरआवासीय नेपाली संघको यो प्रोजेक्ट सफल बनाउन आफ्नो तर्फबाट सहयोगको प्रतिबद्धता व्यक्त गरे।

6,040 total views, 0 views today

तपाईको प्रतिक्रिया