गाेपाल काफ्ले, पथरी / माेरङकाे पथरीशनिश्चरेमा रहेकाे शुभश्री इन्भेष्टमेन्ट कम्पनी प्रा. लि. ले पथरीशनिश्चरे ११ क्रिकेट क्लवलाई जर्सी प्रदान गरेकाे छ ।

शुभश्री इन्भेष्मेन्ट कम्पनीले मंगलबार अाफ्नै कार्यलयमा पत्रकार सम्मेलन गरी १५ हजार बराबरकाे १२ सेट जर्सी क्लवका क्यप्टेन एन्जल राईलाई हस्तानतरण गरेकाे छ । क्रिकेटमा नेपाली खेलाडीले पाएकाे सफल्ताले हामीले खेलाडीहरुलाई प्राेसाहन गर्न १५ हजार वरावरकाे जर्सी प्रदान गरेकाे निर्देशक कुमार बस्नेतले जानकारी दिनुभयाे ।

शुभश्री इन्भेष्मेन्ट कम्पनीले पथरीशनिश्चरे ११ क्रिकेट क्लवलाई बर्षेनी सहयाेग गर्ने समेत निर्देशक बस्नेतले बताउनु भयाे ।२०७४ साउन १ देखि अाफ्नाे काराेवार सुरू गरेकाे इन्भेष्मेन्ट कम्पनिले अाफ्नाे मुनाफाकाे ५% प्रतिसत रकम असाहय, बृद्घा, खेलकुद र शिक्षा मा खर्च गर्ने मार्केटिङ म्यानेजर निलम बस्नेतले जानकारी दिनुभयाे ।

457 total views, 5 views today

तपाईको प्रतिक्रिया