झापा  । झापाको काँकडभिट्टामा रहेको सशस्त्र प्रहरी बल राजश्व तथा सुरक्षा गुल्म (बेस क्याम्प) लामो समयदेेखि धर्मशालामा रहदै आएको छ ।

काँकडभिट्टामा अबस्थित शिवालय मन्दिरले खर्च अभाव भइ अभर परेका वा असहायका लागि निर्माण गरेको धर्मशालामा मासिक रु १५ हजार भाडा तिरेर सशस्त्रको टोली बस्दै आएको छ ।

द्वन्द्वकालको समयमा भन्सारको सुरक्षा तथा राजश्व संकलनका लागि सशस्त्र प्रहरीलाई  त्यहाँ  राखिएको थियो । पछि सशस्त्रले सुरक्षाको पनि जिम्मेवारी पायो तर बेश क्याम्पका लागि अर्को ब्यबस्था गरिएन ।

सुरक्षा र राजश्व छलीका दृष्टिले संवेदनशील क्षेत्र मानिने काकडभिट्टाको यस बेशक्याम्पमा एकजना प्रहरी नायब उपरीक्षक र एकजना प्रहरी निरीक्षकसहित ७५ जनाको दरबन्दी छ । हाल यस बेस क्याम्पमा हाल ९० जना शसस्त्र प्रहरी बस्दै आएका छन् ।

मन्दिरले धर्मशालाका लागि पाँच कोठा बनाएको थियो । पछि सशस्त्रले अरु पाँचवटा कोठा निर्माण गरेको छ ।  जसमा एउटा कोठामा डिएसपी  र एउटामा प्रहरी निरीक्षक बस्दै आएका छन् । अन्य कोठामा  सबै अटाउनुपर्ने बाध्यता रहेको प्रनाउ दिनेेश बस्नेतले बताउनु भयो । आलोपालो सुत्दै अटाएर बसेको प्रनाउ बस्नेतले बताउनु भयो ।

मेची भन्सारलाई सघाउनका लागि शसस्त्र प्रहरी  त्यहाँ बसेको र भन्सारको प्रसस्त जग्गा भएपनि शसस्त्रको बश क्याम्प ब्यबस्थापनका लागि भन्सारले बेवास्ता गर्दै आएको छ ।

183 total views, 2 views today

तपाईको प्रतिक्रिया