भरत शिवाकोटी , झापा  /  झापाली समाज यु.ए.ई. नेपाल सम्पर्क समिती र कचनाकवल गाउँपालिका वडा न. ७ मा रहेको जनता आधारभूत विधालयको संयुक्त आयोजनामा सोहि विधालयमा अध्ययनरत ४० जना विधार्थीहरुलाई एक कार्यक्रमका बिच न्यानो लुगाहरु वितरण गरिएको छ ।

प्रदेश न. १ का प्रदेश सभा सासंद बसन्त बानियाँ को प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कचनाकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरि राजवंशी, वडा नम्बर ७ का वडाअध्यक्ष भरत राजवंशी , झापाली समाज युएई नेपाल सम्पर्क समितिका संयोजक माइनस प्लस संग्रौला , जुनेलि सहकारी संस्थाका अध्यक्ष सोमनाथ भट्टराई, श्रोतब्याक्ति होमनाथ गुरुङ, पाथीभरा समुदायिक वनका देवी लोहा लगायतको आतिथ्यता  रहेको थियो |

कार्यक्रममा प्रमुख अतिथी प्रदेश न. १ का प्रदेश सभा सासंद बसन्त बानियाँ ले झापाली समाज यु.ए.ई. ले समाज परिवर्तनको दिशामा उन्मुख रहेर बहुआयामिक क्षेत्रमा केन्द्रित रहेर गरेको कार्यको प्रशंसा गर्दै समाज र रास्ट्र प्रति जिम्मेवार रहेर कार्य गर्ने जनशक्ति उत्पादन गर्ने थलो नै शैक्षिक क्षेत्र रहेको हुदाँ यो क्षेत्र नै समाज परिवर्तनको मेरुदण्ड रहने धारणा ब्यक्त गरेका थिए | विशेस अतिथि कचनाकवल गाउँपालिका कि अपाध्यक्ष निमसरि राजवंशीले झापाली समाज यु.ए.ई. ले गरेको कार्यको उच्च सम्मान गर्दै समाज परिवर्तनको निमित्त शैक्षिक क्षेत्रको सुधार पहिलो खुडकिलो रहेको धारणा राख्दै गाउँपालिकाले तयार गरेका योजनाहरु बारे प्रकाश पारेकी थिइन |

कार्यक्रममा झापाली समाज यु.ए.ई. को बारेमा नेपाल सम्पर्क समितीका संयोजक प्रदिप कुमार संग्रौलाले प्रकाश पारेका थिए | बिधालयको सिफारिसमा न्यून आर्थिक अवस्था भएका अति विपन्न वर्गका ४० विधार्थीहरुलाई ज्याकेट, टोपी र ट्राउजर वितरण गरिएको उक्त कार्यक्रममा अघनलाल राजवंशी, होमनाथ गुरुङ लगायतले समेत मन्तव्य राखेका थिए | जाडोबाट प्रभावित विधार्थीहरु नयाँ न्यानो लुगाहरु पाउँदा प्रफुल्ल देखिन्थे । जनता आधारभुत बिधालयले युएईको सक्रिय सामाजिक संस्थाको अभियानमा सहकार्य गर्न पाउँदा गर्व लागेको र आउने दिनहरुमा समेत यस्ता कार्यक्रममा सहकार्यको अपेक्षा राखेको बिधालयका प्रधानाध्यापक टिका गुरुङले बताएका छन ।

झन्डै दुइ दर्जन व्याक्तित्वहरु तथा संस्थाहरुको सहयोगमा वितरण न्यानो लुगा सुरुङ्गामा रहेको कनकाई गार्मेन्टले छोटो समयमा नै तयार गर्दै ज्याकेटमा झापाली समाज यु.ए.ई. को नाम अंकित गरेर निःशुल्क वितरण गर्ने व्यवस्था गरेको गार्मेन्टका प्रोपाइटर भरत शिवाकोटीले जानकारी दिएका छन् । कचनाकवल गाउँपालिका वडा न. ७ का वडाध्यक्ष भरत राजबंशी ले स्वागत मन्तव्य राखेको कार्यक्रम जनता आधारभूत विधालयका प्रधानाध्यापक टिका गुरुङको संचालन तथा विधालय व्यवस्थापन समितीका अध्यक्ष चेतराज भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो |

स्मरण रहोस, झापाली समाज यु.ए.ई. नेपाल सम्पर्क समितिले गत माघ ५ गते गौरादह नगरपालिका ४ को डोरामारि माध्यमिक विधालयका ४० विधार्थीहरुलाई समेत न्यानो लुगा बितरण गरिसकेको छ ।

4,258 total views, 0 views today

तपाईको प्रतिक्रिया