अब जुनसुकै बैकबाट पनि आफ्नो खातामा पैसा जम्मा गर्न पाइने भएको छ ।

नयाँ ब्यबस्था अनुसार ग्राहकले जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खातामा रहेका बैंकमा नगद जम्मा गर्न सक्नेछन् । त्यस्तो व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले आइतबार  बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ, जसबाट ग्राहकले जहाँ  र जुन बैंकबाट पनि आफ्नो खाता रहेको बैंकमा पैसा हाल्न सक्नेछन् ।

हाल नेपालमा २८ वटा वाणिज्य बैंक, ३९ वटा विकास बैंक र २७ वटा बित्तिय कम्पनी छन् । ती बैंकका  करिब ३ हजार २ सय ३० वटा शाखा छन् । ती मध्ये जुनसुकै बैंक तथा वित्तीय संस्थामा रकम जम्मा गरेपनि ग्राहकको खातामा  रकम जम्मा हुन्छ । तर रकम  झिक्न भने आफ्नै खाता भएको बैंकका शाखा वा एटीएमबाट मात्र पाइनेछ ।

188 total views, 0 views today

तपाईको प्रतिक्रिया